Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको क्वारेन्टिनमा बस्दै आएका मानिसहरु के भन्छन् ? नगरको योजना कस्तो छ ? नगर स्वास्थ्य प्रमुखको विचार (भिडियोसहित ):
    अन्तरवार्ता

    कनकाई नगरको क्वारेन्टिनमा बस्दै आएका मानिसहरु के भन्छन् ? नगरको योजना कस्तो छ ? नगर स्वास्थ्य प्रमुखको विचार (भिडियोसहित ):

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १०, शनिबार ०८:३७ गते3 Mins Read

    राम निरौला,
    कनकाई  /  कोरोनाको कहरसँगै लकडाउन बढ्दै जाँदा झापामा क्वारेन्टिन विस्तार गर्ने काम तीब्र गतिमा अघि बढेको छ ।

        भारतमा लकडाउन खुकुलो बनेसँगै नेपाल प्रवेश गर्नेहरुको घुइँचो बढ्न थालेपछि स्थानीय सरकारले क्वारेन्टिन निर्माणमा सक्रियता देखाएको हो । झापाका विभिन्न स्थानमा होल्डिङ एरीया समेत निर्माण हुन थालेपछि स्थानीय तहमा पनि क्वारेन्टिन विस्तारलाई तिब्रता दिन थालिएको छ । यसै क्रममा भारतवाट आउँने मानिसहरुको संख्या एक्कासी बढ्न थालेपछि झापाको कनकाई नगरपालिकामा यतिबेला तीन ठाउँमा क्वारेन्टिनको व्यवस्था गरिएको छ ।

    • कनकाई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा हाल कतिजना बस्दैआएका छन्, आवश्यक न्युनतम मापदण्ड पुरा भएको छ कि छैन, बस्ने खानेको के कस्तो अवस्था रहेको छ भन्ने विषयमा सम्पादक राम निरौलाले कनकाई नगरपालिकाका नगर स्वास्थ्य प्रमुख ब्रजेश मेहतासँग गरेको कुराकानी :

       सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पस, कनकाई उद्योग वाणिज्य संघ र दुर्गापुरस्थित सामुदायिक भवनलाई क्वारेन्टिनको रुपमा संचालनमा ल्याइएको नगरका क्वारेन्टिन व्यवस्थापन संयोजक लक्ष्मी अधिकारीले बताएका छन् । शनिवार यो समाचार तयार पार्दा सम्म कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा शुक्रवार राती २१ जना थप भएपछि हाल ४९ जना पुगेका छन् । त्यस्तै उद्योग वाणिज्य संघमा ९ जना र दुर्गापुरस्थित सामुदायिक भवनमा १० जना गरी कनकाई नगरले भारतका विभिन्न ठाउँमा रहेका ५८ जना आफ्ना नगरवासीलाई क्वारेन्टिनमा व्यवस्थापन गरेको संयोजक अधिकारीले जानकारी दिएका छन् ।

       भारतका विभिन्न ठाउँदेखि कनकाई नगरसम्म आईपुग्दा आँफूहरुलाई सवै पक्षबाट ठूलो सहयोग भएको भन्दै हाल कनकाई नगरको संरक्षणमा रहेको क्वारेन्टिनमा रहेका नगरबासीले खुशी व्यक्त गरेका छन् । बाहिर जे जस्तो हल्ला आएपनि सिमा क्षेत्रसम्म स्थानीय सरकार कनकाई नगरपालिकाले आवश्यक सवारी साधनको व्यवस्था मिलाएर आफ्नो नगर सम्म ल्याउँन अभिभावकको भूमिका खेलेको भन्दै क्वारेन्टिनबासीले आँफूहरुको हालको बसाई अत्यन्तै सहज भएको कनकाई खबरलाई जानकारी दिएका छन् ।

       भारतको कानपुर, गोरखपुर, लखनउ लगायतका स्थानमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका नगरबासीहरु अझै पनि आउँने क्रममा रहेकाले आवश्यक्ता अनुसार कनकाई नगरपालिकाले स्थानीय सामुदायिक विद्यालयहरु, अन्य भवनहरुलाई समेत क्वारेन्टिन निर्माण गर्ने तयारीमा लागेको संयोजक अधिकारी बताउँछन् ।

    •  क्वारेन्टिनको अवस्था के कस्तो छ त भन्ने विषयमा क्वारेन्टिनमा रहेका मानिसहरुको आफ्नो अनुभव जस्ताको त्यस्तै :


                                                           कनकाई क्याम्पसको क्वारेन्टिन

     


                                                कनकाई उद्योग बाणिज्य संघको क्वारेन्टिन

     

     


                                                 दुर्गापुर सामुदायिक भवनको क्वारेन्टिन स्थल

    भारतवाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउँनलाई प्रारम्भिक चरणको मापदण्ड पूरा गरेर कनकाई नगरपालिकाले सम्बन्धित पालिकासँग समन्वय गर्ने कार्यलाई समेत निरन्तरता दिइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.