Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गौरादह नगर क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छ : नगर प्रमुख शाह (भिडियो सहित )
    भिडियो

    गौरादह नगर क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको छ : नगर प्रमुख शाह (भिडियो सहित )

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ ९, शुक्रबार १५:१० गते2 Mins Read

    राम निरौला,

     गौरादह / झापाको गौरादह नगरपालिकामा नगरबासीबाट लकडाउन पूर्ण रुपमा पालना भएको भन्दै नगर प्रमुख रोहितकुमार शाहले नगरवासीप्रति खुशी व्यक्त गरेका छन् ।

        कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा आँफूले गरेको अनुगमनका क्रममा नगरवासीवाट लकडाउनको पूर्ण रुपमा पालना भएको जानकारी प्राप्त भएपछि नगर प्रमुख शाहले नगरवासीप्रति खुशी व्यक्त गरेका हुन् ।  कोरोना भाइरसको संक्रमणवाट बच्नकालागि सुरुमै नगरपालिकाले विभिन्न चरणमा सचेतना अभियान संचालन गरेका कारण नगरबासीहरुले घरमै बसेर लकडाउनको पूर्ण रुपमा पालना गर्दै आएको नगर प्रमुख शाहको बुझाई रहेको छ ।

    यसै सन्दर्भमा नगर प्रमुख शाहसँग नगरभित्र लकडाउनको अवस्था के कस्तो छ ? यो समयलाई नगरवासीले कसरी सदुपयोग गर्दैछन् भन्ने विषयमा राखिएको जिज्ञासामा नगर प्रमुख रोहितकुमार शाह :

    झापाको क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा रहेको यो नगरपालिका १ सय ४९ .८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । महारानीझोडा, जुरोपानी, कोहवरा, बैगुनधुरा र साबिकको गौरादह गरी ५ वटा गाउँ विकास समिति समेटिएको गौरादह नगरपालिकामा ९ वटा वडा रहेका छन् । ६० हजार बढी जनसंख्या रहेको यस नगरपालिकामा बर्तमान कोरोना महामारीको संकटमा ६ हजार ४ सय ४४ जनालाई दोस्रो चरणको राहत वितरण गरी सकेको गौरादह नगरपालिकाका प्रमुख  शाहले बताएका छन् ।

         एकद्वार प्रणाली अनुरुप नगरपालिकाको तर्फवाट दुई चरणमा वितरण गरिएको राहत सामाग्रीको पहिलो चरणमा दैनिक ज्यालादारी मजदुरलाई प्राथमिक्तामा राखिएको बताइएको छ । दोस्रो चरणमा भने सबै वडाका टोल टोलवाट छनौट भएर आएका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको नगर प्रमुख शाहले जानकारी दिएका छन् ।

    बिपन्न वर्गकालागि गौरादह नगरपालिका क्षेत्रमा खाद्य सामाग्रीको व्यवस्थापन साथै वितरण प्रणाली के कस्तो छ त ? भन्ने जिज्ञासामा नगर प्रमुख शाह :

      

        गौरादह नगर क्षेत्रमा स्वास्थ्य उपचारकालागि नगरको स्वास्थ्य शाखाको समन्वयमा एउटा स्वास्थ्य मोबायल टोली परिचालन गरिएको बताइएको छ ।

       जसले नगर क्षेत्रमा बिरामीको जानकारी पाउँनासाथ सम्बन्धित विरामीको घरैमा गएर स्वास्थ्य परिक्षण गर्ने गरेको साथै आवश्यक परेमा स्वास्थ्य अस्पताल पठाउँने गरेको छ ।

        कोरोना संक्रमितहरुकालागि प्रारम्भिक चरणमा गौरादह नगरको वडा नं.३ स्थित सामुदायिक भवनमा १० बेडको क्वारिन्टाइन व्यवस्थापन गरेको भएपनि हाल वडा नं.७ जुरोपानीस्थित स्वास्थ्यचौकीको नवनिर्मित भवनलाई २० बेडको क्वारिन्टाइनका रुपमा स्थापना गरिएको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताएका छन् । आवश्यक परेमा स्थानीय स्तरका शैक्षिक संस्थाहरुलाई समेत क्वारिन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.