Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पशुपतिका पूर्व विद्यार्थीबाट स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
    आर्थिक

    पशुपतिका पूर्व विद्यार्थीबाट स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ ८, बिहीबार १३:३८ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको सुरुङ्गामा करिब तीन दशक अघि निजी शैक्षिक संस्थाका रुपमा स्थापना भएको पशुपति अंग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले सुरक्षाकर्मी साथै संचारकर्मीहरुलाई कोरोना भाइरस विरुद्वको अभियानमा सहयोग गर्ने उद्येश्यले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

       विद्यालयको २०६५ सालको एसएलसी व्याजका स्वदेश तथा विदेशमा रहेका विद्यार्थीहरुको सहयोगमा स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरी विद्यालय रहेको क्षेत्र ईलाका प्रहरी कार्यालय सुरुङ्गालाई २२ थान केएन नाइन्टी फाइभ ( KN95) मास्क, पुनः प्रयोग गर्न मिल्ने २२ थान ग्लोब्स, दुई लिटर सेनिटाइजर सहित ट्राफिक प्रहरी सुरुङ्गालाई १ थान थर्मल गन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको विद्यालयका पूर्व विद्यार्थी सुरज उप्रेतीले बताएका छन् ।

       यसै क्रममा कोरोना महामारीको बर्तमान अवस्थामा विभिन्न संचारको माध्यममा क्रियाशिल रहेका ३ जना स्थानीय पत्रकारलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोनाको संक्रमण बढिरहेको वर्तमान अवस्थामा समेत समाचार संकलनकालागि फिल्डमा क्रियाशिल रहेका स्थानीय पत्रकार रामप्रसाद निरौला, लिलाराज झापाली र चन्द्र बस्नेतलाई १/१ थान केएन नाइन्टी फाइभ ( KN95 ) मास्क प्रदान गरिएको पूर्व विद्यार्थी उप्रेतीले जानकारी दिएका छन् ।

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले जारी गरेको लकडाउन थप हुँदै गएको बर्तमान अवस्थामा पशुपति अंग्रेजी माविका पूर्व विद्यार्थीहरुवाट भएको सहयोगले आफ्नो कार्य क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको ईलाका प्रहरी कार्यालय सुरुङगाका प्रमुख पदमसुन्दर लिम्बूले बताएका छन् ।

       विद्यार्थीहरुले आज नै कनकाई नगरपालिका मार्फत आवश्यक ठाउँमा सहयोग गर्नकालागि ४ सय थान मास्क, २ सय ५० थान ग्लोब्स र ३ लिटर सेनीटाइजर नगरपालिकालाई हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल एलपी उप्रेतीले जानकारी दिएका छन् । त्यस्तै विद्यार्थीले सुरुङ्गा क्षेत्रका ५ जना एम्बुलेन्स चालकलाई समेत १/१ थान केएन नाइन्टी फाइभ (KN95) मास्क र ग्लोब्स सहयोग गरेको बताइएको छ ।

       विद्यालयका प्रिन्सिपल उप्रेतीसहितको उपस्थितीमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरणका अवसरमा विद्यालयको २०६५ सालको एसएलसी व्याजका विद्यार्थीहरु सुरज उप्रेती, मनिष उप्रेती, डिगम मण्डल, रोहित नेपाल, मोहित अग्रवाल, सञ्जय अग्रवाल, शिशिर तिम्सिना लगायतको सहभागीता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.