राम निरौला,
कनकाई खबर / झापाको सुरुङ्गामा करिब तीन दशक अघि निजी शैक्षिक संस्थाका रुपमा स्थापना भएको पशुपति अंग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले सुरक्षाकर्मी साथै संचारकर्मीहरुलाई कोरोना भाइरस विरुद्वको अभियानमा सहयोग गर्ने उद्येश्यले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् ।
विद्यालयको २०६५ सालको एसएलसी व्याजका स्वदेश तथा विदेशमा रहेका विद्यार्थीहरुको सहयोगमा स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरी विद्यालय रहेको क्षेत्र ईलाका प्रहरी कार्यालय सुरुङ्गालाई २२ थान केएन नाइन्टी फाइभ ( KN95) मास्क, पुनः प्रयोग गर्न मिल्ने २२ थान ग्लोब्स, दुई लिटर सेनिटाइजर सहित ट्राफिक प्रहरी सुरुङ्गालाई १ थान थर्मल गन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको विद्यालयका पूर्व विद्यार्थी सुरज उप्रेतीले बताएका छन् ।
यसै क्रममा कोरोना महामारीको बर्तमान अवस्थामा विभिन्न संचारको माध्यममा क्रियाशिल रहेका ३ जना स्थानीय पत्रकारलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोनाको संक्रमण बढिरहेको वर्तमान अवस्थामा समेत समाचार संकलनकालागि फिल्डमा क्रियाशिल रहेका स्थानीय पत्रकार रामप्रसाद निरौला, लिलाराज झापाली र चन्द्र बस्नेतलाई १/१ थान केएन नाइन्टी फाइभ ( KN95 ) मास्क प्रदान गरिएको पूर्व विद्यार्थी उप्रेतीले जानकारी दिएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले जारी गरेको लकडाउन थप हुँदै गएको बर्तमान अवस्थामा पशुपति अंग्रेजी माविका पूर्व विद्यार्थीहरुवाट भएको सहयोगले आफ्नो कार्य क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको ईलाका प्रहरी कार्यालय सुरुङगाका प्रमुख पदमसुन्दर लिम्बूले बताएका छन् ।
विद्यार्थीहरुले आज नै कनकाई नगरपालिका मार्फत आवश्यक ठाउँमा सहयोग गर्नकालागि ४ सय थान मास्क, २ सय ५० थान ग्लोब्स र ३ लिटर सेनीटाइजर नगरपालिकालाई हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल एलपी उप्रेतीले जानकारी दिएका छन् । त्यस्तै विद्यार्थीले सुरुङ्गा क्षेत्रका ५ जना एम्बुलेन्स चालकलाई समेत १/१ थान केएन नाइन्टी फाइभ (KN95) मास्क र ग्लोब्स सहयोग गरेको बताइएको छ ।
विद्यालयका प्रिन्सिपल उप्रेतीसहितको उपस्थितीमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरणका अवसरमा विद्यालयको २०६५ सालको एसएलसी व्याजका विद्यार्थीहरु सुरज उप्रेती, मनिष उप्रेती, डिगम मण्डल, रोहित नेपाल, मोहित अग्रवाल, सञ्जय अग्रवाल, शिशिर तिम्सिना लगायतको सहभागीता रहेको बताइएको छ ।