Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरका बजार जेठ २० गते सम्म पूर्ण रुपमा बन्द हुने (भिडियो सहित)
    समाचार

    कनकाई नगरका बजार जेठ २० गते सम्म पूर्ण रुपमा बन्द हुने (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ ७, बुधबार १७:३२ गते3 Mins Read

    कनकाई खबर / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित बनाउँन कनकाई नगरपालिकाले महत्वपूर्ण निर्णय गरेको छ ।

     

       नगरपालिका परिसरमा विभिन्न संघसंस्थासहित बुधवार भएको सर्वपक्षीय भेलाले कनकाई नगर क्षेत्रका बजारमा दैनिक चार घण्टा सम्म संचालनमा रहेका स्वास्थ्य सेवा बाहेक अतिआवश्यकीय सेवाका पसलहरु जेठ ८ गते विहिवारदेखि २० गते सम्मकालागि पूर्ण रुपले बन्द गर्ने निर्णय भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् । कनकाई नगर क्षेत्रका सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर र घैलाडुवा बजारमा हरेक दिन विहान चार घण्टा सम्म संचालन हुँदै आएको स्वास्थ्य सेवा बाहेकका हार्डवेयर पसल साथै दैनिक उपभोग्य खाद्य सामाग्रीका पसल, सागसव्जी, फलफूल, विउविजन, ग्यारेज तथा मोटर पार्टसका पसलहरु सवै बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

       झापाका केही स्थानीय तहमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सचेतना जगाउँदै आएको कनकाई नगरपालिकाले यहाँका बजार क्षेत्रमा दैनिक भिडभाड बढ्न थालेको भन्दै नगरपालिकामा भएको सर्वपक्षीय भेलाले बजार बन्द गर्ने निर्णय गरेको बताइएको छ । स्थानीय राजनीतिक दल, जनप्रतिनिधी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीसहितको उपस्थितीमा सम्पन्न भएको भेलाले हाल संचालनमा रहेका विकास निर्माणका काममा रोक नलगाउँने समेत निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।

       कोरोनाको कहरसँगै अतिआवश्यकीय कामको नाममा हुने गरेको भिडभाडलाई नियन्त्रण गर्नकालगि यो विचमा सवारी पासकालागि समेत थप अनुमति नदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताएका छन् । यसै क्रममा जेठ ८ गते विहिबारदेखि लागु हुने गरी १३ गते मंगलवार सम्मकालागि कनकाई नगरपालिकाको कार्यालयले दिने स्वास्थ्य सेवा बाहेकका अन्य सबै सेवा समेत बन्द गर्ने निर्णय भएको बताइएको छ ।

       कनकाई नगर क्षेत्रमा रहेका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै जाने कुरामा जोड दिँदै नगर स्वास्थ्य प्रमुख ब्रजेश मेहताले भारतका विभिन्न ठाउँवाट कनकाई नगरमा प्रवेश गर्ने जोकोहीलाई पनि क्वारेन्टिनमा राखेर सबैलाई पिसिआर परिक्षण गर्दै कोरोना परिक्षणको दायरा फराकिलो पार्दै अघि बढ्ने बताएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले जारी गरेको लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बूको नेतृत्वमा रहेको सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सहभागीहरुले सुरक्षाकर्मीलाई थप सहयोग गर्नकालागि स्थानीयबासीलाई अनुरोध गरेका छन् । सुरुङ्गा प्रहरी प्रमुख लिम्बूले नेपाल सरकारको सरकुलर अनुसार लकडाउनको पालना गर्नकालागि स्थानीय स्तरमा नमस्ते अभियान संचालन गर्दै मास्क लगाउँनकालागि स्थानीयबासीलाई प्रेरणा जगाएको बताएका छन् ।

       कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपाने, नगरका सवै वडाअध्यक्षसहित अन्य जनप्रतिनिधीहरुको सहभागिता रहेको सर्वपक्षीय भेलामा नेकपा कनकाई नगरका अध्यक्ष रविन्द्र लम्साल, नेपाली कांग्रेस कनकाई नगर सभापति नेत्र चिमरीया, राप्रपाका नारायण पोखरेल, साझा पार्टी नेपालका भिमप्रसाद अधिकारी, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीया, महासचिव तुलसी बिमली, कनकाई वहुमुखी क्याम्पसका प्रमुख विकास उप्रेती, दुर्गापुर बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद भट्टराई, कनकाई मावि विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र प्रसाईँ, पत्रकार राम निरौला लगायतले आआफ्नो धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.