Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका विभिन्न ठाउँमा ‘होल्डिङ एरिया’
    समाचार

    झापाका विभिन्न ठाउँमा ‘होल्डिङ एरिया’

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ ६, मंगलवार १४:३४ गते2 Mins Read

    झापा / लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठ्यारोमा परेका नेपालीकालागि सिमासंग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ ।

       यसै क्रममा झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको पुर्वाधार युक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

       शिवसताक्षी नगरकार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायीक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । नगर प्रमुख शेर्माका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।

        बैठकमा नेकपाका डिल्लीरमण खतिवडा, नेपाली कांग्रेसका पर्शुराम ढुँगाना, संघिय समाजवादीका जापान थेवे, लिम्बुवानका प्रकाश लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका झापा अध्यक्ष भवानिवीक्रम सेलिङ, राप्रपाका मणी खपतरी खड्का, उद्योग बाणिज्य संघका शिवसताक्षी अध्यक्ष भोला मैनाली, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक  कुमार शाक्य , इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल ठाकुर लगायतको सहभागिता थियो ।

       भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउनकालागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले बताए । उनले सिमा र होल्डिङ एरियामा सुरक्षा सर्तकता समेत बढाइएको बताएका छन् ।

       झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ एरियामा राखिने बताए । उनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा होल्डिङ एरिया स्थापना भएका छन् । ‘बढीमा ३ दिन सम्म भारतबाट आएकालाई होल्डिङ एरियामा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनीहरुको गृह पालिका सम्म पुर्याउने गरिन्छ ।’ उनले भने ।

       काकडभिट्टा नाका हुँदै झापाका होल्डिङ एरियामा १ हजार ५० जनालाई राखिने भएको छ । उनीहरु मंगलबार साँझ सम्ममा नेपाल आईपुग्ने प्रहरी उपरीक्षक कोईरालाले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.