Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फुटबल समापनमा सञ्चारकर्मी निरौला सम्मानित
    खेलकुद

    फुटबल समापनमा सञ्चारकर्मी निरौला सम्मानित

    ramBy ram२०७५ कार्तिक ६, मंगलवार १४:०९ गते4 Mins Read

    तीर्थराज खरेल

    कनकाई \ प्रजापति सामुदायिक वन उपभोक्ता समूह तथा प्रजापति सामाजिक क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको प्रथम झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिताको समापनको अवसरमा कनकाई नगर क्षेत्रका क्रियाशील सञ्चारकर्मी रामप्रसाद निरौलालाई सम्मान गरिएको छ ।
    बडादशैंको अवसर पारेर आश्विन १३ गतेदेखि ३० गतेसम्म कनकाई–१ स्थित वन समूहको खेलमैदानमा सञ्चालन भएको प्रथम झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगितामा खेल सञ्चालनको तयारी अवस्थादेखि समापनसम्मका सबै प्रतियोगिताको विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशन तथा प्रसारणमा निरन्तर रुपमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै संचारकर्मी निरौलालाई सम्मान गरिएको हो ।

         विगत एक दशकदेखि संचारक्षेत्रमा क्रियाशील, स्थानीय विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत नेतृत्व तहमा रहेर कार्य सम्पादन गर्दै आएका, कनकाई सुरुङ्गा प्रेस क्लबका वर्तमान अध्यक्ष तथा कनकाई खबर साप्ताहिक पत्रिका साथै कनकाई खबर अनलाइनका सम्पादक\प्रकाशक, जनसंसद दैनिक र कञ्चनजंघा एफ.एम.का सम्वाददाता, झापा कनकाई नगरपालिका वडा नं.७ निवासी निरौलालाई समापन कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य माननीय एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले सम्मानपत्रका साथ सम्मान गरेका हुन् । सोही अवसरमा प्रतियोगिता सम्पन्न गर्न आर्थिक लगायत विभिन्न क्षेत्रवाट सहयोग गर्ने संघसंस्था लगायत व्यक्तित्वहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

         प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वन समूहको सहभागिता रहेको थियो । खेलको विभिन्न चरण पार गर्दै सुन्दर निचाझोडा सामुदायिक वन विर्तामोड र जुकेखाडी सामुदायिक वन अर्जुनधारा वीच फाइनल खेल सम्पन्न भएको थियो । प्रतिस्पर्धात्मक रुपमा सम्पन्न भएको अन्तिम प्रतियोगिताको उपाधि जुकेखाडी सामुदायिक वनले हात पारेको आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाले जानकारी दिए । निर्धारित समयमा दुवै तर्फवाट १\१ गोल मात्र भएपछि प्रतियोगिताको निर्णय ट्राइबेकरवाट भएको हो । निर्धारित समयमा भएको खेलमा जुकेखाडीका विकास राईले र सुन्दर निचाझोडाका सन्जोग राईले गोल गरेका हुन् ।

           खेलको म्यान अफ द म्याच जुकेखाडीका चेतन घतानी घोषित भए । खेलको म्यान अफ द टुर्नामेन्ट देउराली चारकोसे सामुदायिक वन कचनकवलका फूलकुमार राजवंशी घोषित भएको आयोजक समितिका सदस्य डम्बर घिमिरेले जानकारी दिए ।प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एल पी साँवाले विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय ११, दोस्रो हुने टिमलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

    ‘

          सामुदायिक वन यूवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रबद्र्धन हाम्रो चाहना’ भन्ने मूल अभियानका साथ आयोजना गरिएको प्रतियोगितासँगै पर्यापर्यटनलाई जोड दिई दिगो आम्दानीको स्रोत निर्माण गरी युवा शक्तिलाई दुव्र्यसनवाट टाढा राख्ने दीर्घकालिन योजनाका साथ प्रतियोगिता संचालन गरिएको सह आयोजकका रुपमा रहेको प्रजापति सामाजिक क्लबका अध्यक्ष दिपेश रिमालले बताएका छन् । यस प्रकारको खेलले सामुदायिक वन तथा युवाहरु वीचको एकता र सहकार्यलाई बढावा दिने भएकाले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष रिमालको भनाइ थियो ।

          त्यस्तै बडादशैंको अवसर पारेर कनकाई–३ स्थित कनकाई माविको खेलमैदानमा सम्पन्न झापा जिल्लाको पालिका स्तरीय फुटवल प्रतियोगितामा झापा गाउँपालिका विजयी भएको छ । तेस्रो झापा जिल्लास्तरीय अन्तर पालिका फुटबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको हो । खेलको निर्धारित समयमा बाह्रदशी र झापा गाउँपालिका वीचमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि प्रतियोगिताको निर्णय ट्राइबेकरवाट भएको हो । गोल रक्षक योगेश प्रसाईको उत्कृष्ट बचाउसँगै प्रतियोगितामा झापा गाउँपालिकाले उपाधि जितेको हो । खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाकै गोल रक्षक योगेश प्रसाईँ घोषित भए ।

           प्रतियोगिताको विजेता झापा गाउँपालिकाले नगद १ लाख ११ हजार १ सय ११ सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिम बाह्रदशी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।विजेता साथै उपविजेता दुवै टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एल पी साँवा लिम्वू, प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले नगद पुरस्कार सहित मेडल र ट्रफी प्रदान गरेका थिए ।

        कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको अघिल्ला संस्करणहरुमा झापाका स्थानीय तह अन्तर्गत नगरपालिकाहरुको मात्रै सहभागिता रहँदै आएकोमा यस वर्षदेखि झापाका गाउँपालिका तथा नगरपालिका सबैलाई सहभागिताका लागि आव्हान गरिएको थियो । प्रतियोगितामा आयोजक कनकाई सहित हल्दीबारी गाउँपालिका , झापा गाउँपालिका, विर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिका गरी १० पालिकाहरुको सहभागिता रहेको खेल संयोजक राजेन्द्र उप्रेतीले बताए । प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँको सभापतित्व रहेको समापन कार्यक्रमको संचालन सचिव दीननाथ खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.