Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वडा अध्यक्ष ओलीेले दशैं भत्ता दिँदा एकल पुरुष दंग
    समाचार

    वडा अध्यक्ष ओलीेले दशैं भत्ता दिँदा एकल पुरुष दंग

    ramBy ram२०७५ आश्विन ३०, मंगलवार १५:२८ गते3 Mins Read

    कनकाई \ दशंैको खुशीयालीसँगै झापा कनकाई नगरको वडा नं. ६ स्थित चम्पापुरका ६६ वर्षिया बग्गुलाल खवासको मुहारमा यस पटक खुशी छाएको छ ।
    एकल पुरुषका लागि नगरकै पहिलो कार्यक्रमका रुपमा रहेको वडाको एकल पुरुष वृत्ति विकास कार्यक्रम लागु भएपछि वडाका एकल पुरुषका मुहारमा खुसी छाएको हो । वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीले ६० वर्ष माथि ७० वर्ष सम्मका एकल पुरुषका लागि वडामा कार्यक्रम लागु गरे । एकल पुरुषका लागि वडाको वजेटवाट व्यवस्थापन गरी वडा अध्यक्ष ओलीले मासिक रु.५०० का दरले ६ महिनाको जनही ३ हजार रुपैंयाँ एक कार्यक्रमको आयोजना गरेर वडाका अति विपन्न १० जना एकल पुरुषलाई घरमै लगेर रकम दिए ।

         यसरी पहिलो चरणको कार्यक्रम अन्तर्गत रकम प्राप्त गर्ने एकल पुरुषहरुमा रामचन्द्र सिटौला, पदमवहादुर मगर, बग्गुलाल खवास, सोमवहादुर थापा, शिवप्रसाद ढकाल, बलवहादुर लिम्वू, लोकवहादुर थपलिया,हुकवहादुर श्रेष्ठ, सतनारायण खवास र नेत्रप्रसाद खतिवडा रहेका छन् भने रेशमलाल चौधरी पनि आउँदो कार्यक्रमका लागि प्रक्रियामा रहेका छन् । यो कार्यक्रम अन्तर्गत कुनै पनि व्यक्तिले नेपाल सरकारको दोहोरो सुविधा नपाउँने समेत जनाइएको छ ।

       जेष्ठ नागरीक उपभोक्ता समिति वडा नं.६ का अध्यक्ष पदमप्रसाद ओलीले वडा अध्यक्षको यो कदमको मुक्त कण्ठले प्रसंसा गरे । त्यस्तै अपाङ्ग दलित तर्फ वडाकी एक महिला लक्षीमा सार्कीलाई वडा अध्यक्षको निजी तलव भत्तावाट मासिक रु.५००का दरले ६ महिनाको ३ हजार रुपैंयाँ वितरण गरीएको छ ।
    पछिल्लो समय केही महिनादेखी विरामीका कारण हिंडडुल गर्न नसक्ने अवस्थामा पुगेका बग्गुलाल आजभन्दा ४७ वर्ष अघि युवा अवस्थामै वि.सं.२०२८ सालमा आफ्नी श्रीमतिको निधन भएसँगै जीवनमा एक्लो भएका थिए ।

       आफ्नो सन्तानका नाममा कोही पनि नभएका खवास हाल कनकाई ६ स्थित चम्पापुरमा जिर्ण अवस्थामा रहेको सानो घुम्तीमा मासिक रुपमा भाडा तिर्दै आफ्नो वसोवासको व्यवस्थापन गर्दै आएका छन् । भाडाको सानो घुम्तीलाई आफ्नो घर र समाजलाई नै आफ्नो परिवार मान्दै आएका खवासले जीवनयापनका लागि चाउचाउ वेच्ने गर्छन् ।

       दैनिक एकसयदेखी वढीमा दुईसय सम्मको व्यापार गर्ने गरेका खवास विरामीका कारण थला परेपछि दैनिक जीवन कष्टकर वन्दै गएको उनी वताउँछन् । दुई महिनादेखी विरामीका कारण थलिएका खवासको केही दिनदेखी स्थानीय औषधी व्यवसायी धर्मेन्द्र भट्टराईले औषधी साथै खानेकुराको व्यवस्थापन गरेर मानविय सेवा गर्दै आएको खवास वताउँछन् । त्यस्तै स्थानीय छरछिमेकीहरुकै आडभरोसामा आफ्नो दैनिक जिवन विताउँदै आएका खवासले वडा अध्यक्ष ओलीवाट भएको नगद सहयोगवाट आँफूलाई दैनिक गाँसवास र औषधी खानका लागि समेत ठूलो राहत मिलेको वताएका छन् ।

       यस किसिमको सेवामूलक कार्यक्रमले निरन्तरता पाउँनु पर्नेमा खवासको जोड छ । सम्पतीका नाममा यो धर्तीमा आजसम्म केही पनि जोड्न नसकेका खवासले जवानीमा अर्काकै हलो कोदालो गरेर जीवन विताएका थिए । श्रीमतिको निधन भएसँगै अर्को विवाह नगरीकन एक्लो जीवन विताउँदै आएका खवासले उमेरमा आफ्नो जीन्दगी र भविष्यका वारेमा केही पनि सोच्न नभ्याएकाले अहिले पछुतो मान्नु सिवाय अरु केही नभएको उनी वताउँछन् ।
    यो अवस्थाका अति विपन्न अनि वेसाहारा जिवन विताइरहेका एकल पुरुषका लागि समेत राहत स्वरुप ल्याइएको यस किसिमको कार्यक्रमले निरन्तरता पाउँनु पर्नेमा स्थानीय वुद्धिजीवी दिर्घवहादुर थापा, होमनाथ खतिवडा, डिल्ली अधिकारी लगायतले जोड दिएका छन् । यस किसिमको कार्यक्रमलाई राज्यको तर्फवाट समेत थप सहयोग पुग्नुपर्नेमा उनीहरुको जोड छ । समग्र वडाको विकास निर्माणसँगै फरक किसिमका कार्यक्रमहरु वडामा ल्याएर वडावासीको भावना साथै सल्लाह सुझाव अनुसार नगरकै नमूना वडाका रुपमा वडा नं.६ लाई विकास एवम् विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलीले वताउँदै आएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.