Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लकडाउनको ५३ औ दिनः शिवसताक्षीमा लकडाउनको थप कडाइ
    Uncategorized

    लकडाउनको ५३ औ दिनः शिवसताक्षीमा लकडाउनको थप कडाइ

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २, शुक्रबार १६:१५ गते3 Mins Read

     

    शिवसताक्षी / कोरोना (कोभिड १९)का संक्रमित नेपालमा बढ्दै जाँदा झापाको शिवसताक्षी नगरले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने भएको छ । लकडाउनको ५३ आंै दिन शुक्रबार साँझ ७ बजे सम्म कोरोना भाइरसका संक्रमितको संख्या २५८ पुगेपछि नगरले थप सतर्कताका लागि लकडाउनमा कडाइ गर्ने भएको हो ।

    शुक्रबार नगर समन्वय समितिको बैठकमा सहभागी अधिकाँसले लकडाउनमा थप कडाइ नगरे भाइरसको जोखिम निम्तिन सक्ने भन्दै शिवसताक्षी नगरका औषधी पसल र कृषीका पसलबाहेक बन्द गर्ने निर्णय भएको छ । नगरका गैर मल, बीउ र औषधी पसल अब खोल्न नपाइने भएको हो । नगरमा यसअघि ४ घन्टा खाद्यान्न लगायत हार्डवेयरका पसल खोल्न व्यवसायीलाई अख्तियारी दिइएको थियो । शुक्रबार राती १२ बजे देखि अर्को निर्णय नभए सम्मका लागि नगर भित्रका पसल बन्द गर्ने, विना पासका सवारी साधन चलाएर लकडाउनको अवज्ञा गर्नेलाई कारबाही गर्ने निर्णय भएको हो ।

    यस्तै अति आवश्यक काम बाहेक घर वाहिर निस्किए कारबाही गर्ने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए । सर्वसाधरणले अति आवश्यक काम परेर घर बाहिर निस्कनु परे स्थानीय प्रशासनको समन्वय आवश्यक पर्ने निर्णय भएको छ ।
    बैठकमा तरकारी पसल पनि बन्द गर्ने निर्णय भएको छ । तरकारी पसलमा न्युनतम व्यक्तिगत दुरी कायम नगरी सर्वसाधरणको भिड देखिन थालेपछि नगरले तरकारी पसल पनि खोल्न बन्देज लगाइएको हो । गृह मन्त्रालयको पास र आवश्यक काजजात भएका ढुवानीका साधनलाई प्रतिवन्ध नलगाइएको प्रवक्ता ईजमले जानकारी दिएका छन् ।
    शिवसताक्षी नगरको सताक्षीधाम, दोमुखा जस्ता पर्यटकीय स्थलमा सर्वसाधरणको आवत जावत बढ्न थालेपछि ति क्षेत्रमा पनि कडाई गरिएको छ । पर्यटकीय क्षेत्रमा अनावश्यक भिड नगर्न पालिकाले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

    नगर प्रमुख चन्द्रकुमार सेर्माले नगर समन्वय समितिले गरेको निर्णय अटेर गरेर पसल खोल्ने, लकडाउनको अवज्ञा गर्ने जो कोही पनि कारबाहीको भागिदार बन्ने चेतावनी दिए । उनले भने, ‘पुर्व पश्चिम राजमार्ग र छिमेकी पालिकाको नाकाबाट सर्वसाधरणको आवत जावत बढेको हामीले पाएका छौं । यसले कोरोना भाइरसको जोखिम बढ्ने अनुमान सहजै लगाउन सकिन्छ । त्यसको नियन्त्रण गर्न पालिका भित्रका औषधी पसल र मल बीउ पसल बाहेक सबै बन्द गर्ने निर्णय भएको छ ।’

    यसैबीच शिवसताक्षी नगरको कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत वितरण कोषमा जम्मा भएको ३२ लाख ९३ हजार ५९ रुपैयाँबाट खर्च भएको २४ लाख २८ हजार १ सय ८५ बैठकले अनुमोदन गरेको छ । कोषमा अब ८ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ मोज्जाद छ । खर्च मध्ये १६ लाख ७७ हजार १ सय ९५ रुपैयाँ खाद्यान्न खरिद भएको प्रवक्ता इजमले जानकारी दिए । नगरले थप राहतका लागि १९ लाख ८८ हजार ९ सय ८७ रुपैयाँको खाद्यन्न खरिद गरेको छ । कोषका कर्मचारी महेश लामिछानेका अनुसार पछिल्लो पटक खरिद गरेको खाद्यान्नको रकम भुक्तानी भएको छैन ।

    यता नगरले क्वारेन्टाइनको क्षमता विस्तार गर्ने भएको छ । शिवसताक्षी नगरको ११ नम्बर वडा स्थित आदिवासी जनजाती सामुदायीक भवनमा क्वारेन्टाइन विस्तार गर्ने निर्णय भएको हो । यसअघि सोही वडाको साविकको झरना प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको थियो । सो क्वारेन्टाइनमा १८ बेड क्षमता रहेको नगर प्रवक्ता इजमले बताए । आदिवासी जनजाती सामुदायीक भवनमा निर्माणहुने क्वारेन्टाइनमा कम्तिमा ३० बेड क्षमताको हुने छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.