अतिथिहरुको साथमा सम्मानित व्यक्तित्वहरु
सुरुङ्गा \ शुभेक्षा वचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे आठौ वार्षिक साधारण सभा सम्पन्न भएकोछ । कनकाई नगरपालिका वडा न. ३ सुरुङ्गामा अवस्थित सहकारी संस्थाले साधारणसभाको अवसरमा असल वचत कर्ता तथा असल ऋणीका रुपमा ६ जनालाई सम्मान गरेको हो ।
असल वचत कर्ताको रुपमा शिवसताक्षी नगरपालिका वडा नं. १० निवासी संस्थाका शेयर सदस्यहरु पूर्णप्रसाद भट्टराई, शान्छीरानी चेम्जोङ्ग र विनिता शर्मा रहेका छन् । त्यसै गरी असल ऋणीको रुपमा कनकाई नगरपाकिला वडा नं. ३ निवासी धनमाया कोईराला, शिवसताक्षी नगरपालिका वडा नं. १० निवासी ऋषीराज तिम्सिना र झापा गाउँपालिका वडा नं.–७ निवासी टंकबहादुर माझीलाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष बालकृष्ण चेमजोङ्गको अध्यक्षतामा सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका क्षेत्रीय संयोजक तथा साझा सहकारी संस्था दुर्गापुरका अध्यक्ष गोपाल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । वि.स. २०६७ सालमा २५ जना शेयर सदस्यहरुवाट सुरु गरिएको यस सहकारीमा हाल १२०३ जना सेयर सदस्यहरु रहेको र यसमा अझ बढी शेयर सदस्यहरुको संख्या बढाउने लक्ष्य लिएको जनाइएको छ । संस्थाको आ.व. २०७३\०७४ मा कुल चुक्ता पुँजी रु.३८ लाख ९६ हजार ४ सय ३९ कायम रहेकोमा गत वर्ष बृद्धि भई रु.४१ लख ६६ हजार ६ सय ८७ पुगेको संस्थाका अध्यक्ष चेम्जोङ्गले वार्षिक प्रतिवेदन मार्फत जानकारी गराएका छन् ।
कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्याम प्रसाद ओली, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण चुडाल, सिद्धार्थ वैंक लिमिटेड सुरुङ्गा प्रमुख अम्बर राना लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका ऋण समिति संयोजक भिमप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य तथा सरस्वती मा.वि. का शिक्षक मित्रजङ्ग कार्कीले गरेका थिए ।