Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’
    राष्ट्रिय

    ‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख २९, सोमबार ०२:२४ गते2 Mins Read

    प्रशान्त वली,
    काठमाडौं / गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको बेला कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।

       शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा। चन्द्रमणि पौडेलले बताए । उनका अनुसार कानुनतः परीक्षा गराउनैपर्छ ।

    – दुई साताअघि परीक्षाको सूचना
    – ४५ दिनमा नतिजा
    – विद्यार्थीलाई घरपायक पर्ने गरी परीक्षा केन्द्र

       उनले भने, ‘हामी कानुन पालना गर्ने निकाय हो । विद्यमान शिक्षा ऐनअनुसार लिखित रूपमा लिइने परीक्षालाई मात्र कानुनी मान्यता दिइन्छ ।’ राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले अनिवार्य विषयको परीक्षा मात्रै गर्नू भनेर स्वीकृत दिएमा त्यसो पनि गर्न सकिन्छ,’ पौडेलले भने, ‘अन्य विषयको परीक्षाको हकमा विद्यालयले निर्णय गर्न सक्छ ।’

       ऐच्छिक विषयको परीक्षा विद्यालयलाई सञ्चालन गर्न दिने प्रस्ताव अघि सारिएको छ । विश्वका १४४ वटा परीक्षा बोर्डमध्ये ७३ वटाले मात्र परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

       परीक्षा नियन्त्रण कार्यालयले सामाजिक दूरी कायम गरेर परीक्षा लिनुपर्ने भएकाले वैशाख मसान्तसम्म परीक्षा सञ्चालनका लागि परीक्षा उपकेन्द्रको विवरण पठाउन शिक्षा विकास समन्वय एकाइलाई आग्रह गरेको छ । उच्च पहाडी र हिमाली जिल्लामा परीक्षा केन्द्र थप्ने र तराईका जिल्लामा उपकेन्द्र थप गर्ने गरी गृहकार्य अघि बढाइएको छ ।

       परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलका अनुसार कुनै पनि परीक्षार्थीलाई घरपायक पर्ने गरी हालसम्म शिक्षा समन्वय एकाइबाट ७ सय २७ केन्द्र थप गर्न प्रस्ताव आएको छ ।

       त्यस्तै, परीक्षा सञ्चालन भएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी थालिएको छ । परीक्षा नियन्त्रण कार्यालयले घरपायक स्थानमा एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी तीव्र रूपमा अघि बढाएको हो । हाल देशभर १ हजार ९ सय ९५ वटा परीक्षा केन्द्र तोकिएको छ । ७ सय २७ थप उपकेन्द्र बनाउन परीक्षा नियन्त्रण कार्यालयलाई सुझाव आएको छ ।

       ४ लाख ८२ हजार ७ सय ७ जना एसईई परीक्षा दिने तयारीमा छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकार ‘पर्ख र हेर’को स्थितिमा रहेको भन्दै परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धमा विभिन्न विकल्पमाथि छलफल भए पनि निर्णय नगरिएको बताए ।

       उनले भने, ‘सामाजिक दूरी कायम गरेर सहज र निर्बाध रूपमा परीक्षा सञ्चालन होस् भन्ने हो । सबै विकल्पमा छलफल भइरहेको छ । तर, कुनै निर्णय गरेका छैनौं ।’ उनले कोभिड–१९ नियन्त्रणपछि परीक्षाबारे सोच्न सकिने बताए ।

    राजधानी दैनिक
    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.