Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर क्षेत्रका बजार अनुगमन
    समाचार

    कनकाई नगर क्षेत्रका बजार अनुगमन

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख २९, सोमबार ०१:३७ गते2 Mins Read

    कनकाई खबर / कोरोनाको कहरसँगै लकडाउन थप हुँदै जाँदा खाद्य सामाग्री लगायत बजारमा रहेका दैनिक उपभोग्य सामाग्रीमा कालो बजारी हुन सक्ने भन्दै कनकाई नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

    सामाजिक दुरी कायम राख्दै नगर उपप्रमुख मन्जु प्रसाईँको नेतृत्व रहेको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपाने, प्रशासकीय अधिकृत विवेक भण्डारी, कर्मचारी कमला विश्वकर्मा, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीया, बजार व्यवस्थापन समितिका सदस्य अनिल गोयल, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बूसहित सुरक्षाकर्मी, संचारकर्मीको उपस्थिती रहेको बताइएको छ । कनकाई नगर भित्र रहेका सुरुङ्गा, लक्ष्मीपुर र घैलाडुवा बजार क्षेत्रको अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा मूल्य सुचि, साइनबोर्ड, व्यवसाय दर्ता साथै नविकरण, नापतौलको प्रमाण, प्याकेजीङ गरिएका खाद्य सामाग्रीको म्याद भए नभएको, स्थायी लेखा नम्बरसहित भ्याट दर्ता, बिक्रि बिल दिने प्रक्रिया, मासु बजारको अवस्था, ग्याँसको तौल मूल्य, खरिद बिल लगायतका विषयमा स्थलगत अनुगमन गरिएको नगर उपप्रमुख मन्जु प्रसाईँले बताएकी छन् ।

    नगरपालिकावाट भएको बजार अनुगमनमा टोलीकी संयोजक समेत रहेकी उपप्रमुख प्रसाईँले अनुगमनका क्रममा समस्या देखिएका केही व्यवसायीहरुलाई सुधार गरेर जान निर्देशन दिएको बताएकी छन् । पटक पटक दिइएका निर्देशनहरु पुनः अनुगमन गर्दा पालना नभएको पाइएमा प्रचलित कानुन बमोजीम कडा कार्वाही गरिने नगर उपप्रमुख प्रसार्इँले जानकारी दिएकी छन् । लकडाउनका कारण केही समय हप्तामा तीन दिन विहान ८ देखि ११ बजे सम्म अतिआवश्यक सामाग्रीकालागि बजार खुल्दै आएको भएपनि बजार खोल्ने समय अति नै छोटो भएपछि बजार क्षेत्रमा अत्यधीक भिडभाड बढ्न थालेका कारण बैशाख २७ गतेदेखि प्रत्येक दिन विहान ७ः३० बजेदेखि ११ः३० बजे सम्म ४ घण्टाकालागि बजार खुल्ला हुन थालेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.