Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाको साधारण सभा
    कनकाई खबर बिशेष

    दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाको साधारण सभा

    ramBy ram२०७५ आश्विन २७, शनिबार ०३:२३ गते2 Mins Read

    सुरुङ्गा \कनकाई नगरपालिका ३ स्थित दोमुखा बहुउद्येश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    साधारण सभाको अवसर पारेर संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका जेष्ठ सदस्य यज्ञप्रसाद पौडेल र नरमाया कार्की त्यस्तै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउँने शेयर सदस्यका छोराछोरी मध्येका सृजना दियाली, विश्वास चौधरी साथै उत्कृष्ट निक्षेपकर्ता तर्फ ऋतुवर्ण तिम्सिना, शिवप्रसाद खरेल, सरस्वती ओली, रामचन्द्र ढुङ्गेल, विष्णुमाया अधिकारी र रामप्रसाद उप्रेती सम्मानित भएका छन् ।

        सम्मानित भएका उत्कृष्ट ऋणी तर्फ डम्वर वहादुर वाग्ले, कल्पना जोगी नेपाल, केशवप्रसाद न्यौपाने र उत्कृष्ट कर्मचारी तर्फ सुनिता पौडेल रहेका छन् । सम्मानित सवैजनालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल र संस्थाका अध्यक्ष चन्द्रप्रसाद पोखरेल, पुर्व अध्यक्ष मात्रिका सिटौला लगायतले सम्मान गरेका हुन् ।
    साधारण सभामा संस्थाका तर्फवाट अध्यक्ष पोखरेलले भावि योजना सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पोखरेलले सर्वसाधारण, गरीव तथा न्युन आयस्तर भएका व्यक्तिहरुको व्यवसायिक क्षमता अभिवृद्धिका लागि सहकारी व्यवसायले खेलेको भूमिका महत्वपूर्ण रहेको वताएका छन् ।

      सहकारीका माध्यमवाट कुनै पनि व्यक्तिको वचत गर्ने वानीको विकास हुनुका साथै उद्यमशील, व्यवसायिक र आत्मनिर्भर जीवन यापन गर्न सक्षम हुनुलाई नै ठूलो उपलव्धी मान्नु पर्नेमा संस्थाका अध्यक्ष पोखरेलको जोड थियो । साधारण सभाको वन्द सत्रले अध्यक्षको वार्षिक प्रतिवेदन साथै लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले समुदायमा संचालित सहकारी संस्थाहरु सेवामुखी बन्नु पर्ने तर्फ जोड दिएका छन् । सहकारीका माध्यमवाट समाजमा स्वावलम्वी जनशक्ति उत्पादन हुन सकेमा सिंगो समाज नै समृद्ध वन्न सक्नेमा प्रमुख अतिथि ढकालको जोड थियो ।

        संस्थाका अध्यक्ष चन्द्रप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभामा कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया, भगवती सहकारी संस्थाका संचालक सदस्य खेम प्रसाईँ, सम्मानित व्यक्तित्वद्वय रामप्रसाद उप्रेती र कल्पना जोगी नेपाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष गोमा निरौला ढुङ्गेलले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सदस्य खगेन्द्र खनालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.