Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘एकका लागि एक’ अभियान अन्तर्गत कनकाईमा खाद्य सामाग्री वितरण
    समाचार

    ‘एकका लागि एक’ अभियान अन्तर्गत कनकाईमा खाद्य सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख २२, सोमबार ०९:५६ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनका कारण खाद्य सामाग्रीको अभाव भएर समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्येश्यले संचालन गरिएको ‘एकका लागि एक’ अभियान अन्तर्गत खाद्य सामाग्री वितरणलाई तिब्रताका साथ अघि बढाइएको छ ।

       झापाको चारपानेमाा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को अगुवाईमा विभिन्न १६ वटा भन्दा बढी संघ संस्थाहरुको प्रत्यक्ष सहभागितामा संचालन भएको अभियान अन्तर्गत कनकाई नगरपालिकामा एक सय परिवारलाई खाद्य सामाग्री वितरण गरिएको छ । सहारा नेपालको सुरुङ्गा र लक्ष्मीपुर सेवा केन्द्रले आफ्नो सेवा क्षेत्र अन्तर्गत स्थानीय तहले सिफारीस गरेका विपन्न परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको सेवा केन्द्र सुरुङ्गाकी प्रमुख गोमा बस्नेतले बताएकी छन् ।

       सुरुङ्गा सेवा केन्द्र अन्तर्गत कनकाई नगरको वडा नं.२, ३ र ४ मा स्थानीय वडा समितिको सिफारीसमा २०÷२० परिवार साथै वडा नं.५ मा १० परिवार गरी ७० परिवारलाई खाद्य सामाग्री वितरण गरिएको बताइएको छ । त्यस्तै लक्ष्मीपुर सेवा केन्द्र अन्तर्गत कनकाई ८ मा ३० परिवार साथै अर्जुनधारा ५ मा २० परिवारलाई खाद्य सामाग्री वितरण गरिएको सेवा केन्द्र लक्ष्मीपुरका प्रमुख उमेश भारतीले बताएका छन् ।

       खाद्य सामाग्री वितरण कार्यक्रममा अभियान संचालक सदस्यका तर्फवाट लायन्स क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, रेडक्रस सुरुङ्गाका दिपक भट्टराई साथै संस्थाको तर्फवाट सुरुङ्गा सेवा केन्द्र संयोजक खड्ग प्रसाईँ, सदस्यद्वय बिनोद थपलिया र होम बिमली, ऋण समिति सदस्य निर्मल घिमिरे, सुरुङ्गा सेवा केन्द्र प्रमुख गोमा बस्नेत, लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारती लगायत संस्थाका कर्मचारीहरुले सहजीकरण गरेका थिए ।

       स्थानीय सरकारका तर्फवाट कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, सम्वन्धित वडाका वडाअध्यक्षहरु क्रमशः परशुराम गिरी (वडा नं.२), रुद्रप्रसाद चिमरीया(वडा नं.३), वडा सदस्यहरु रोशन सुवेदी, छवी थपलिया, युवराज चम्लगाईँ, कृष्णमाया भुजेल, सुष्मा परियार लगायतको उपस्थिती रहेको बताइएको छ ।
    चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधिन भवनमा एक कार्यक्रमका विच झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर अभियानको शुभारम्भ गरेसँगै हरेक टोल टोलमा खाद्य सामाग्री वितरण प्रारम्भ गरिएको हो ।

       हजारौं परिवारलाई सहयोग गर्ने उद्येश्यले संचालन गरिएको एकका लागि एक अभियानमा सहभागी जनाउने संस्थाहरुमा सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाईटी झापा, जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, जेसीज पूर्व अध्यक्ष समाज झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, विर्तामोड उद्योग बाणिज्य संघ, गैर सहकारी संस्था महासंघ, वीरता जेसीज, लायन्स क्लव अफ विर्तामोड, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मेची पेट्रोलियम डिलर्स एसोसिएसन , नेपाल औषधि व्यवसायी संघ, नेप्लिज टिन्स लगायतका संस्थाहरु अभियानमा जोडिएका छन ।

       हरेक संघ संस्थाले सहयोग बापतको रकम जम्मा गरेका छन । त्यसैगरी देश बिदेशमा रहने नेपालीहरुले पनि सहयोग रकम पठाएका छन । हाल सम्ममा १२ सय परिवारकालागि राहत जुटिसकेको बताइएको छ । सो बापत १७ लाख रुपैया जम्मा भई सकेको र अरु ७ लाख सहयोगको बचन प्राप्त भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् ।

       अभियानले सरकारको कुनै पनि सामाजिक भत्ता नलिएका परिवार, ज्येष्ठ नागरिक, एकल महिला, अल्पसंख्यक, अपाङ्गता, दलित, पिछडा आदि कुनै प्रकारको पेन्सन नपाएको परिवार, परिवारको सदस्य जागिरे नभएको, घर नभएको, खेतीपाती नगरेको, तेस्रो मुलुकमा वैदेशिक रोजगारीमा कोही पनि नभएको परिवारलाई मात्र खाद्यान्न सहयोग गर्ने लक्ष्य लिएको अभियानका संयोजक गिरीले बताएका छन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.