Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली कांग्रेस कनकाईबाट नगरको राहत कोषमा १ लाख ३०हजार सहयोग(भिडियो सहित)
    आर्थिक

    नेपाली कांग्रेस कनकाईबाट नगरको राहत कोषमा १ लाख ३०हजार सहयोग(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख २१, आईतवार १३:०८ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा नेपाली कांग्रेस कनकाई नगर समितिको तर्फवाट १ लाख ३० हजार ४ सय ५० रुपैँया सहयोग प्राप्त भएको छ ।

       नेपाली कांग्रेस कनकाई नगर समितिका पूर्व सभापति लिलावहादुर कटुवालसहित नगर सचिव दुर्गा प्रसाईँ, नगर सदस्य सन्तोष रायमाझी, कनकाई ७ का वडासभापति ईश्वरीप्रसाद शिवाकोटी, वडासचिव शिव काफ्ले लगायतका पदाधिकारीहरुले कनकाई नगरपालिकामा गएर नगर प्रमुख राजेन्द्र पोखरेललाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

       वर्तमान अवस्थामा राज्य सत्ताको प्रमुख प्रतिपक्षका रुपमा रहेको पार्टी नेपाली कांग्रेसले बिपतको यो घडीमा सरकारलाई सहयोग गर्नु पार्टीको दायित्व सम्झेर केन्द्रदेखि हरेक स्थानीय तह सम्म नै सहयोग गर्दै आएको नेपाली कांगे्रस कनकाई नगरका पूर्व सभापति लिलावहादुर कटुवालले बताएका छन् । सोही अनुरुप अति बिपन्न परिवारलाई थोरै भएपनि राहत सामाग्री उपलव्ध गराउँने उद्येश्यले कनकाई नगरपालिकाले स्थापना गरेको विपत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरेको पूर्व सभापति कटुवालले जानकारी दिएका छन् ।

       स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि स्थानीय सरकारसँग सहकार्य गर्दै नगद सहयोग गरेको पार्टीका कनकाई नगर सचिव दुर्गा प्रसाईँले वताएका छन् ।

       विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि आफ्नै गाउँघरमा रहेका विपन्न परिवारकालागि खाद्य सामाग्री साथै औषधि उपचारको समेत व्यवस्थापनमा सहज होस् भनेर स्थानीय सरकार मार्फत सहयोग गरेको सचिव प्रसाईले कनकाई खबरलाई जानकारी दिएका छन् ।

        सहयोग रकम ग्रहण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा प्रतिपक्षका रुपमा रहेपनि नेपाली कांग्रेससँग स्थानीय सरकार सधैं सहकार्य गर्दै अघि बढेको बताएका छन् । नगर प्रमुख पोखरेलले दैनिक ज्यालादारी मजदुर साथै विपन्न परिवारको पहिचान गरेर हरेक टोलबाट आएको नामावली अनुसार निष्पक्ष ढङ्गले स्थानीय सरकारले दोस्रो पटक राहत सामाग्री वितरण गर्न थालेको बताएका छन् । सोही कार्यकालागि नेपाली कांग्रेस कनकाई नगरसमितिवाट वर्तमान अवस्थामा विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट नगर प्रमुख पोखरेलले प्रशंसा गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.