Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका १८ सहकारीहरुवाट नगरको कोरोना राहत कोषमा १ लाख २० हजार
    आर्थिक

    कनकाईका १८ सहकारीहरुवाट नगरको कोरोना राहत कोषमा १ लाख २० हजार

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख २०, शनिबार ११:४८ गते3 Mins Read

     

    राम निरौला,
    कनकाई खबर \  कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई नगर सहकारी समन्वय समितिका तर्फवाट १ लाख २० हजार ७ सय रुपैँया सहयोग प्राप्त भएको छ ।

         कनकाई नगरभित्र रहेका १८ वटा विभिन्न सहकारीहरुको समन्वयमा संकलन भएको रकम संस्थाकी अध्यक्ष चम्पा खनाल सुवेदी लगायत पदाधिकारीहरुले कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमारमणि पोखरेल, सचिव तेजकुमार भुजेल, सदस्यहरु दुर्गा प्रसाईँ, देवी उप्रेती साथै जयश्री कृषि सहकारी संस्थाका अध्यक्ष खड्ग कार्की (राजन) लगायतको उपस्थिती रहेको बताइएको छ ।

       सहयोग रकम संकलन गर्ने कनकाई नगरका सहकारी संस्थाहरुमा श्री सृजना महिला वहुउद्येश्यीय सहकारी संस्था लि. रु.११ हजार, पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, समाजसेवी वचत तथा ऋण सहकारी संस्था लि.रु. १० हजार, साना किसान कृषि सहकारी संस्था लि.रु.५ हजार, कनकाई वचत तथा ऋण सहकारी संस्था लि.रु.७ हजार ५सय, जामुनखाडी कृषि सहकारी संस्था लि.७ हजार ५ सय, गोहीखाडी कृषि सहकारी संस्था लि.रु.५ हजार, नारी चेतना कृषि सहकारी संस्था लि.रु.५ हजार, भिमसेन वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, शुभेक्षा वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, नवजागरण वचत तथा ऋण सहकारी संस्था लि.रु.११ हजार, कोटीहोम कृषि सहकारी संस्था लि.रु.११ हजार, प्रगतिपथ कृषि सहकारी संस्था लि.रु.५हजार १सय, बेनुबाजा कृषि सहकारी संस्था लि.रु.५ हजार, दोमुखा बहुउद्येश्यीय सहकारी संस्था लि.रु.५ हजार, जयश्रीकृषि सहकारी संस्था लि.रु.१० हजार १ सय, सगुन महिला कृषि सहकारी संस्था लि.रु.५ हजार, आरोग्य जडीबुटी सहकारी संस्था लि.रु.२ हजार ५ सय गरी जम्मा रकम रु. १ लाख २० हजार ७ सय संकलन गरेको संस्थाकी अध्यक्ष चम्पा खनाल सुवेदीले जानकारी दिएकी छन् ।

        सहकारी संस्थाहरुले बिपतको यो घडीमा सामाजिक उत्तरदायित्व अन्तर्गत अति बिपन्न परिवारलाई थोरै भएपनि राहत सामाग्री उपलव्ध गराउँने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले स्थापना गरेको विपत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरेको वताइएको छ । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि स्थानीय सहकारी संस्थाहरुले नगरपालिकाको मातहतमा रहेर नगद सहयोग गरेको संस्थाका उपाध्यक्ष कुमारमणि पोखरेलले बताएका छन् । यस समन्वय समिति मार्फत सहयोग गर्ने केही सहकारी संस्थाहरुले यस अघि पनि नगरपालिकाको विपत व्यवस्थापन कोषमा आर्थिक सहयोग गरीसकेका छन् भने अन्य सहकारी संस्थाहरुले समेत आआफ्नो क्षेत्रवाट कोषमाा आर्थिक सहयोग गरिसकेको बताइएको छ ।

       विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि आफ्नै गाउँघरमा रहेका विपन्न परिवारकालागि खाद्य सामाग्री साथै औषधि उपचारको समेत व्यवस्थापनमा सहज होस् भनेर स्थानीय सरकार मार्फत सहयोग गरेको संस्थाका सचिव तेजकुमार भुजेलले बताएका छन् । आवश्यक परेमा आगामी दिनमा समेत आआफ्नो क्षेत्रवाट थप सहयोग गर्दै जाने उनले कनकाई खबरलाई जानकारी दिएका छन् ।

        सहयोग रकम ग्रहण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा नगर क्षेत्रका सहकारी संस्थाहरुवाट विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट संस्था परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशनलाई पालना गर्न समेत सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.