Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निर्माण सामाग्री ढुवानी हुन नसक्दा कामले गति लिन सकेनः मजदुर नाइके(भिडियो सहित)
    भिडियो

    निर्माण सामाग्री ढुवानी हुन नसक्दा कामले गति लिन सकेनः मजदुर नाइके(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १९, शुक्रबार १६:०८ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल स्वतन्त्र जडान तथा मजदुर युनियन कनकाई नगर समितिका अध्यक्ष मनकुमार न्यौपाने (केशर)ले सम्पूर्ण मजदुर वर्गमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसका विषयमा सरकारले जारी गरेको सर्कुलर पालना गर्न अनुरोध गरेका छन् ।

      विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको समय थप हुँदै गएपछि दैनिक जीवन कष्टकर बनेका निर्माण मजदुरहरु यति बेला सामाजिक दुरी कायम गर्दै काममा लागेका छन् । दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि विभिन्न चरणमा खाद्य सामाग्री वितरण गर्दै आएको सरकारले काम गर्ने मजदुरहरुकालागि वातावरण केही सहज बनाएपछि मजदुरहरु काममा लागेका हुन् ।

      मजदुरहरुले सतर्कता अपनाएर काम गर्न थालेको भएपनि निर्माण कार्यमा आवश्यक पर्ने गिटी , बालुवा सहज ढङ्गले ढुवानी हुन नसक्दा कामले गति लिन नसकेको कनकाई नगरका मजदुर नाइके मनकुमार न्यौपाने (केशर) ले बताएका छन् । युनियन कनकाई नगर समितिका अध्यक्ष साथै नगरस्तरीय मजदुर हितकोषका सदस्य समेत रहेका न्यौपानेले खोला नदिका किनारवाट आयात हुने गिटी, बालुवाको ढुवानीकालागि स्थानीय सरकारले थप सहयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

      अब कामकालागि वातावरण सहज हुने हो भने काम गरेर खाने मजदुरकालागि राहतको आवश्यक नपर्ने कुरामा न्यौपानेले जोड दिएका छन् । तर काम नपाएर बसेका मजदुरकालागि राहतको आवश्यक हुने भएकाले त्यस तर्फ स्थानीय सरकार गम्भीर हुनु पर्नेमा कनकाईका मजदुरनाइके न्यौपानेले कनकाई खबरलाई जानकारी दिएका छन् ।

      कनकाई नगर क्षेत्रमा एक हजारको हाराहारीमा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरु रहेको भएपनि हाल सम्ममा चारसय साठी जना मात्र संगठित बनेर परिचय पत्र प्राप्त गरेको युनियनका नगर अध्यक्ष न्यौपानेले बताएका छन् । मजदुरका हकहितकालागि गठन गरिएको यस संगठनभित्र आवद्ध सदस्यहरुकालागि संस्थाको मुल्यांकन छुट्टै किसिमको हुने भएकाले जतिसक्दो चाँडो मजदुर युनियनको सदस्यता लिनकालागि समेत अध्यक्ष न्यौपानेले सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।

      कोरोना भाइरसका कारण छिमेकी स्थानीय तहहरुमा संक्रमण बढेसँगै कनकाई नगर क्षेत्रमा समेत थप सतर्कता अपनाउँदै नगर क्षेत्रका मजदुरहरुको अवस्थाका बारेमा युनियनले इलाका प्रहरी कार्यालय सुरुङ्गाको सहयोगमा अनुगमन गरेको छ । अनुगमनवाट लकडाउन हुनु अघिदेखी नै नगर क्षेत्रमा काम गरेर बसेका ३० जना आप्रवासी मजदुरहरुको पहिचान गरी सामाजिक दुरी कायम गरेर आआफ्नो ठाउँमा निर्माणको कार्य सुचारु गर्न सुझाव दिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.