Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लकडाउनको सदुपयोग गर्दै ग्रामिण क्षेत्रका युवा तरकारी खेतीमा (भिडियो सहित)
    अन्तरवार्ता

    लकडाउनको सदुपयोग गर्दै ग्रामिण क्षेत्रका युवा तरकारी खेतीमा (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १८, बिहीबार ०९:४२ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर / कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्दै ग्रामिण क्षेत्रका युवा तरकारी खेतीमा लागेका छन् ।

    झापाको कनकाई नगरपालिका ७ दुर्गापुरका युवा दिपक पोखरेल यति बेला सामाजिक दुरी कायम राख्दै आफ्नो व्यक्तिगत लगानीमा व्यवसायीक तरकारी खेती तर्फ लागेका छन् । दुई महिना अघिदेखि अन्य ६ जनालाई रोजगार समेत दिँदै आएका पोखरेलको तरकारी खेतीमा हाल करेला, काँक्रा, घिरौला, भिन्डी, बैगुन र टमाटरको उत्पादन हुन थालेको छ । हरेक दिन स्थानीयबासीको घर दैलोमा ताजा तरकारी पुर्याउँने कार्यमा व्यस्त देखिने पोखरेल स्थानीय युवाहरु माझमा राम्रो उदाहरण बनेका छन् ।

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सामान्य चर्चा हुन थालेकै समयवाट आफ्नो एक विगाहा पाँच कठ्ठा जमिनमा तरकारी खेती सुरु गरेका पोखरेल हाल व्यवसायीक रुपमा तरकारी उत्पादन गर्ने एक सफल कृषकको रुपमा परिचित हुन थालेका छन् । आसपासका स्थानीयबासीले बारीबाटै तरकारी खरिद गर्दै आएपनि कोरोनाका कारण बन्दाबन्दी भएपछि बर्तमान असहज परिस्थितीमा उत्पादन भएका तरकारी पोखरेलले आँफै पनि घर दैलोमा पुर्याउँने गरेका छन् । निजी लगानीमा तरकारी खेती गर्न थालेका पोखरेलले अन्य तीन विगाहा जमिन भाडामा लिएर त्यहाँ बोडी, मकै र घाँस लगाएका छन् । विभिन्न किटनाशक औषधी साथै रासायनिक मलका कारण दिनप्रतिदिन अम्लियपन बढ्दै गएको कारण रुखो बन्दै गएको जमिनमा पोेखरेलले अग्र्यानिक पद्धतीबाट तरकारी खेती गर्ने प्रयास गरेका छन् ।

    तरकारी खेती गरेको ठाउँमा जमिन बाहेक हाल सम्ममा ३ लाख ५० हजार खर्च भइसकेको पोखरेल बताउँछन् । प्रारम्भिक चरणमा नै सव्जीमा देखिएको राम्रो उत्पादनले आशा जगाएको भन्दै पोखरेलले स्वदेशमै केही गर्ने जोश जाँगरका साथ आँफू अघि बढेको जानकारी दिएका छन् । विगत एक दशक अघिदेखि स्थानीय स्तरमा घर घडेरीको किनबेचमा लागेका पोखरेलले १४ वर्ष अघि बैदेशिक रोजगारका क्रममा साउदी र कतारमा दुई वर्षको अनुभव बटुलेका छन् । विदेशमा श्रम गरेको आठ घण्टाको समय स्वदेशमै खर्च गर्ने हो भने परिवारका साथ ठूलो उपलब्धी हात पर्न सक्ने भन्दै आफ्नै भूमिमा भविष्य खोज्नकालागि पोखरेलले सम्पूर्ण युवाहरुलाई अनुरोध गरेका छन् ।

    परम्परागत रुपमा चलिरहेको कृषि प्रणालीमा केही सुधार गर्न सकेमा स्थानीय युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउँन सकिने कुरामा आँफूले अनुभव बटुलेको पोखरेल बताउँछन् । पछिल्लो समय जनप्रतिनिधीहरुले स्थानीय तहको नेतृत्व सम्हाले यता कृषि क्षेत्रमा पनि केही सुधारको संकेत देखिएपछि अधिकांश युवाहरु कृषि व्यवसायमा आकर्षित हुन थालेका छन् । सोही क्रममा जीवनमै पहिलो पटक कृषिमा केही परिवर्तन ल्याउँने उद्येश्यका साथ अघि बढेका युवा दिपक पोखरेल जस्तै अन्य व्यवसायीक रुपमा लगानी भएका उत्पादनले कोरोना भाइरसका कारण उचित बजार पाउँन नसक्ने होकी भन्ने चिन्ताले यतिबेल कृषकहरुलाई पिरोल्न थालेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते

    मानवीय सेवामा समर्पित लिलाप्रसाद चिमरिया : लायन्स गभर्नरको नयाँ यात्रामा

    २०८२ चैत्र २१, शनिबार १६:०४ गते

    झापामा पहिलो पटक आमा सेमिनार : जहाँ थामिएन आँसु

    २०८२ चैत्र २१, शनिबार १४:१६ गते

    महाकालेश्वर शिवालय मन्दिरमा भएको महायज्ञको आयव्यय सार्वजनिक

    २०८२ चैत्र २०, शुक्रबार २३:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.