Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका पत्रकारलाई गरमकाली ट्रेड सेन्टरको सहयोग
    कनकाई खबर बिशेष

    कनकाईका पत्रकारलाई गरमकाली ट्रेड सेन्टरको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १६, मंगलवार १८:०० गते3 Mins Read

     

     

    कनकाई खबर  \ कनकाई सुरुङ्गा प्रेस क्लवका सल्लाहकार एवम् गरमकाली ट्रेड सेन्टर दुर्गापुरका संचालक समाजसेवी कुमारमणि पोखरेलले बन्दाबन्दीको बर्तमान अवस्थामा स्थानीय पत्रकारलाई इन्धन(पेट्रोल) सहयोग गरेका छन् ।

        

      विभिन्न संचारको माध्यमवाट समाचार सम्प्रेषणमा क्रियाशिल स्थानीय पाँचजना पत्रकारलाई पोखरेलले इन्धन(पेट्रोल) सहयोग गरेका हुन् । इन्धन सहयोग प्राप्त गर्ने पत्रकारहरुमा कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, संस्थापक अध्यक्ष तीर्थराज खरेल, नेपाल पत्रकार महासंघ झापाका सदस्य लिलाराज झापाली, प्रेस क्लवका सदस्य चन्द्र बस्नेत र केशब चापागाईँ रहेका छन् ।

          कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको बर्तमान अवस्थामा समाचार संकलनमा हिड्नकालागि पत्रकारलाई अतिआवश्यक पर्ने इन्धन थोरै भएपनि सहयोग गरेको संचालक पोखरेलले बताएका छन् । स्थानीय कनकाई सुरुङ्गा प्रेस क्लव मार्फत क्रियाशिल पाँचजना पत्रकारलाई गरमकाली ट्रेड सेन्टरका तर्फवाट जनही १० लिटरका दरले इन्धन (पेट्रोल) उपलपव्ध गराएको बताइएको छ । सुरुङ्गा जेसीज, कनकाई उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ, रोटरी क्लव, सहकारी संस्था लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा नेतृत्व तहमा रहेर कार्यसम्पादन गर्दै आएका पोखरेलले कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि संस्थागत साथै व्यक्तिगत रुपमा समेत अतिआवश्यकीय खाद्य सामाग्री सहयोग गर्दै आएको बताएका छन् ।

         सामाजिक रुपान्तरणकालागि आफ्नो क्षेत्रवाट महत्वपूर्ण भूमिका खेल्दै आएका कनकाई नगरको दुर्गापुर निवासी युवा समाजसेवी पोखरेलले आँफूले नेतृत्व गरेको रोटरी क्लव सुरुङ्गाको तर्फवाट कनकाई नगरपालिकाको कोरोना राहत कोषमा यस अघि नै १ लाख एकहजार, पृथ्वी सहकारी संस्थाका तर्फवाट ३५ हजार संस्थागत सहयोग गरीसकेका छन् भने ईलाका प्रहरी कार्यालय सुरुङ्गालाई एक सय थान मास्क यस अघि नै संस्थागत सहयोग गरीसकेको बताइएको छ । कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि व्यक्तिगत साथै संस्थागत रुपमा दाता पोखरेलले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताएका छन् ।

         गाउँघरमा रहेका विपन्न परिवारकालागि खाद्य सामाग्री साथै औषधि उपचारको समेत व्यवस्थापनमा सहज होस् भन्दै दाता पोखरेलले झापा गाउँपालिकालाई ५ हजार नगद सहयोग गरेका छन् । त्यस्तै कनकाई नगरपालिका वडा नं.१ लाई एक क्वीन्टल चामल, वडा नं.७ का दश परिवारलाई दाल, तेल, नुन सहित २० केजीका दरले चामल सहयोग गरेको बताइएको छ । त्यस्तै मानव अधिकारकर्मी दिपक दास मार्फत राहत वितरणकालागि ३ क्वीन्टल चामल सहयोग गरेको बताइएको छ । व्यवसाय होस् या सामाजिक क्षेत्र, आफ्नो छुट्टै पहिचान बनाएका पोखरेलले यस अघि पनि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ ।

         कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको अवधी थप हुँदै जाँदा सत्य तथ्य समाचार संकलनमा निरन्तर क्रियाशिल रहेका पत्रकारहरुको मर्म र भावनालाई मुल्याङ्कन गर्दै सामाजिक अभियन्ता कुमारमणि पोखरेलवाट भएको सहयोग महत्वपूर्ण भएको ठहर गर्दै  कनकाई खबर साप्ताहिक तथा अनलाइनका सम्पादक समेत रहेका            कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले आगामी दिनमा संचार क्षेत्रमा अझै सशक्त भएर अघि बढ्ने हौसला प्राप्त भएको बताएका छन् । स्थानीय पत्रकारलाई यस अघि समाजसेवी लिला चिमरीयाले तीनसेट पिपिई, शुभम मेडिसिन सेन्टरले केएन नाइन्टी फाइभ मास्कसहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिसकेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.