Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शुभम् मेडिसिन सेन्टरबाट पत्रकारसहित स्थानीय सरकारलाई सहयोग
    आर्थिक

    शुभम् मेडिसिन सेन्टरबाट पत्रकारसहित स्थानीय सरकारलाई सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १४, आईतवार ०५:४२ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको सुरुङ्गामा विगत दश वर्षदेखि स्वास्थ्य सेवामा निरन्तर संचालनमा रहेको श्ुाभम् मेडिसिन सेन्टरले कनकाई नगर क्षेत्रका क्रियाशिल पत्रकारसहित स्थानीय सरकारलाई सहयोग गरेको छ । मेडिसिन सेन्टरले पत्रकारलाई केएन नाइन्टी फाइभ ( KN95 ) मास्क सहितको स्वास्थ्य सुरक्षा सामाग्री साथै स्थानीय सरकारलाई नगद सहयोग गरेको हो ।
    कोरोना कहरसँगै समाचार संकलनमा स्थानीय पत्रकारहरुलाई सहज होस् भन्ने उद्येश्यले आफ्ना पिता स्व. विश्वनाथ शाहको स्मृतिमा मेडिसिन सेन्टरका संचालकद्वय शम्भु शाह र ममता शाहले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका हुन् ।

       प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख समेत रहेका शम्भु शाहले पिता स्व.विश्वनाथ शाहको प्रथम वार्षिक पुन्य तिथीको अवसर पारेर पत्रकारलाई सुरक्षा सामाग्री वितरण गरेको बताएका छन् । शाह दम्पत्तीले कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेल, पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापालीलाई केएन नाइन्टी फाइभ मास्क, सेनेटाइजर, ग्लोब , सर्जिकल मास्क लगायत रु. १० हजार मुल्य बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् । बन्दाबन्दीको वर्तमान असहज परिस्थितीमा समेत निरन्तर रुपमा औषधि उपचार सेवा दिँदै आएको यस मेडिसिन सेन्टरले ल्यावसेवाको समेत निरन्तरता दिँदै आएको छ ।

       शुभम् मेडिसिन सेन्टर साथै शंकर मिष्ठान्न भण्डारका संरक्षक समेत रहेका यस क्षेत्रका पुराना होटल व्यवसायी स्व. विश्वनाथको वि.सं.२०७५ साल चैत्र १७ गते निधन भएको थियो । आफ्ना मातापिताको आशिर्वादकै कारण आँफूलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउँदै विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल रहेका शाह दम्पतीले स्व.पिताको स्मृतिमा शुभम् मेडिसिन सेन्टरका तर्फवाट कनकाई नगरपालिका र झापा गाउँपालिकालाई ११/११ हजार नगद समेत सहयोग गरेका हुन् । नगद सहयोग कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल साथै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गरेको बताइएको छ ।

     

       विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगरपालिका साथै झापा गाउँपालिकाले आफ्ना नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा जम्मा हुने गरी सहयोग रकम हस्तान्तरण गरेको शुभम् मेडिसिन सेन्टरकी प्रोपाइटर ममता शाहले बताएकी छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्नकालागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्येश्यले स्थानीय सरकार मार्फत आँफूहरुले सहयोग गरेको मेडिसिन सेन्टरका सह–प्रोपाइटर शम्भु शाहले बताए ।

       स्वास्थ्यको क्षेत्रवाट मानवीय सेवामा समर्पित शाह विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल छन् । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेशनलका द्वितीय उपाध्यक्षको जिम्मेवारीमा रहेका शाहले यस अघि पनि सामाजिक क्षेत्रमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन् । सहयोग रकम ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल साथै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले विपतको यो घडीमा दातावाट विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट दुवैजनाले दाता परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । साथै शुभम् मेडिसिन सेन्टरका संरक्षक समेत रहेका स्थानीय पुराना व्यवसायी स्व.विश्वनाथ शाहले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको समेत चर्चा गरीएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.