Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सांसद साँवाले काडमाडौंबाट २ सयको उद्धार गरी घर पठाए
    भिडियो

    सांसद साँवाले काडमाडौंबाट २ सयको उद्धार गरी घर पठाए

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १३, शनिबार १६:३६ गते3 Mins Read

    कनकाई खबर   \  झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्वूले १ महिना लामो लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन बिताउँदै आएका दुई सय सर्वसाधारणलाई उद्धार गरेर झापा पठाएका छन् ।

         अस्पतालमा उपचारका लागि गएका, विद्यार्थी र देश भ्रमणमा रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सर्वसाधरणलाई सांसद साँवाले शनिबार राती १ बजे झापा पठाएका हुन् । सांसद साँवाका स्वकीय सचिव सिकीन पासवानका अनुसार ६ वटा सार्वजनिक यातायातका बसमा २ सय जना सर्वसाधारण झापा आएका हुन् ।


    कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले काठमाण्डौबाट आउँदै गरेका आफ्ना नगरबासीलाई कोरोना भाइरस बिरुद्ध लड्नकालागि लकडाउनको पूर्ण रुपमा पालना गर्दै होमक्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् । लकडाउनका कारण एक महिना अघिदेखि काठमाण्डौमा कष्टकर जीवन बिताउँदै आएका नगरबासीलाई नगरप्रमुख पोखरेलले शनिवार स्थानीय इलाका प्रहरी कार्यालय सुरुंगाका प्रमुख पदमसुन्दर लिम्बूको सहयोगमा दुर्गापुरमा स्वागत गरेका थिए । संकटको यो घडीमा काठमाडौदेखि आफ्नो घरसम्म आउँने सहज वातावरण बनाउँन स्थानीय सरकार साथै संघीय सांसदबाट भएको सहयोग महत्वपूर्ण भएको भन्दै काठमाडौबाट आउँदै गरेका सुरुंगा निबासी विद्यार्थी जनार्दन उप्रेतीले खुशी व्यक्त गरेका छन् ।

        सांसद साँवाले काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई पनि उद्धार गरेका छन् । बन्दा बन्दीका कारण बेखर्ची बनेका उनीहरुलाई स्थानीय पालिकाको समन्वयमा सांसद साँवाले उद्धार गरेका हुन् । कनकाई नगरपालिका, झापा गाँउपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका वडा नम्बर ९ र गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ र २ का सर्वसाधारण सांसद साँवाको सक्रियतामा घर आउँन पाएका हुन् । घर आएका मध्ये  कनकाई नगरपालिका  र झापा गाँउपालिकाका सर्वसाधरण धेरै रहेको बताइएको छ ।

     

      सांसद साँवाको उद्धारकार्यमा रोशन लिम्बू, कमल सापकोटा, मिलन कट्टेल, बेदु उप्रेती, गोविन्द भारती लगायतले सहजीकरण गरेका हुन् । काठमाडौबाट उद्धार भएका अधिकांस सामाजिक संजाल फेसबुकको स्ट्याटसबाट जोडिएका थिए । सांसद साँवाले झापावासीको अभिभावकत्व ग्रहण गरेको उद्धार भएका मध्ये एकले बताएका छन् ।

        झापा गाँउपालिकाका विद्यार्थी अमित विष्टले भने,‘पटक पटक घर जान हामीले प्रयास गरेका थियौं । पैदल सम्भव थिएन । यातायातका साधन लकडाउनले चल्न सकेका थिएनन् । सांसद साँवाले हाम्रो उद्धार गर्नुभयो ।’ सांसद साँवाले काठमाडौमा बेखर्ची बनेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सर्वसाधारणलाई निशुल्क झापा ल्याउने तयारी गरेका थिए । तर अपेक्षा गरे भन्दा धेरै सर्वसाधारण घर फर्कने भएपछी साविककै भाडा दरमा यातायात व्यवसायीले सर्वसाधारणलाई सशुल्क घर ल्याएका हुन् । सांसद साँवाले जिल्ला प्रशासन कार्यालय झापा, काठमाडौ र झापा निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय सरकारसँगको समन्वयमा एक महिना देखी काठमाडौमा अलपत्र बनेका झापाली घर आएका हुन् ।

        झापा निर्वाचन क्षेत्र नम्बर ४ का अझै २ सय ५० सर्वसाधारण काठमाण्डौवाट घर फर्कने तयारीमा छन् । यातायातका साधन नपाएका कारण पहिलो चरणमा २ सय जना पठाईएको सांसद साँवाले बताएका छन् । उनीहरु पनि सोमबार सम्ममा घर पुग्ने गरी तयारी भइरहेको सांसद साँवाले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.