Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल भारत मैत्री संघमा लुइटेल
    कनकाई खबर बिशेष

    नेपाल भारत मैत्री संघमा लुइटेल

    ramBy ram२०७५ आश्विन २०, शनिबार १४:३६ गते3 Mins Read

    सुरुङ्गा \ नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखा क्षेत्र नं.४ को शनिवार सुरुङ्गामा भएको अधिवेशन सहितको दोस्रो मैत्री सभावाट कनकाई नगरपालिका ३, सुरुङ्गा निवासी सामाजिक व्यक्तित्व भवानी लुइटेल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । भृकुटी मावि दुर्गापुरका शिक्षक समेत रहेका लुइटेल शिक्षक संघ झापाका उपाध्यक्ष, कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाका संचालक समिति सदस्य लगायत विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक संघसंस्थाहरुमा समेत क्रियाशिल रहेका छन् ।

      संघको विधान अनुसार अध्यक्ष र अन्य ७ सदस्य निर्वाचन प्रक्रियावाट निर्वाचित हुनु पर्ने साथै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र एक महिला सदस्य सहित ७ जना अध्यक्षवाट मनोनीत गर्नु पर्ने भएकाले सोही अनुसार १६ सदस्यीय समिति सर्वसम्म रुपमा चयन भएको हो । सर्वसम्मत चयन भएका सदस्यहरुमा क्रमशः पदमप्रसाद मैनाली, नरेश पोद्धार, प्रल्हादप्रसाद घिमिरे, होम विमली, शान्ती कट्टेल, धनपति चुडाल र मिलन चुडाल रहेका छन् ।

      अध्यक्षवाट मनोनित हुनेमा क्रमशः उपाध्यक्ष अर्जुन वोहोरा, सचिव चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष डिल्लीराम मैनाली र सदस्यहरुमा लिलावहादुर कट्वाल, युवराज संग्रौला, शिवशंकर महासेठ र सरीना कार्की रहेका छन् । संघको विधान अनुसार निवर्तमान अध्यक्ष पदेन सदस्य रहने भएकाले भागिरथा चापागाईँ समितिको पदेन सदस्यमा रहने भएपछि १६ सदस्यीय कार्यसमिति चयन भएको हो ।

    चार वर्ष अघि २०७१ साल फागुनमा नेपाल र भारत विचको पुरानो मैत्री सम्वन्धलाई विश्व परिवेश र क्षेत्रीय सन्तुलनका आधारमा पारस्परीक सम्वन्धलाई सुमधुर वनाउँनका लागि जनस्तरमा व्यापक सहभागिता कायम गराउँने उद्येश्यका साथ उपशाखाका रुपमा झापा क्षेत्र नं.४ को सुरुङ्गामा क्षेत्रीय स्तरको संस्था स्थापना गरीएको मैत्री संघ सुरुङ्गाका सचिव चन्द्रप्रसाद चुडालले प्रतिवेदन मार्फत जानकारी गराएका छन् । संस्थाको तर्फवाट सचिव चुडालले आर्थिक गतिविधी सहित भावि योजना समेत समेटिएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

       दुई देश विचको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, सभ्यता, भाषा, साहित्य, कला तथा समग्र राष्ट्रको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्नका लागि मैत्री संघ सधैं क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष भवानी लुइटेलले वताएका छन् ।संस्थालाई नयाँ भीजनका साथ अघि बढाउँने योजना रहेको जानकारी गराउँदै नवनिर्वाचित अध्यक्ष लुईँटेलले स्थानीय स्तरका विकास निर्माण लगायत सामाजिक गतिविधीमा अन्य संघसंस्थाहरुसँग सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता जनाएका छन् ।

       सर्वसम्मत नेतृत्व चयनका लागि संघका केन्द्रिय सदस्य प्रकाश चुडालको संयोजकत्वमा कुमारमणि पोखरेल र रेवत ढकाल सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको थियो । संस्थाकी अध्यक्ष भागीरथा चापागाईँको सभापतित्व एवम् प्रदेश सभा सदस्य साथै संघका पुर्व केन्द्रिय अध्यक्ष ओम सरावगीको प्रमुख आतिथ्यता रहेको सभामा नेपाली कांग्रेसका नेता देउकुमार थेवे, संघका केन्द्रिय सदस्य प्रकाश चुडाल,संघका झापा जिल्ला अध्यक्ष प्रदिप रेग्मी, झापाका वरिष्ठ उपाध्यक्ष विश्वनाथ श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल लगायतले मन्तव्य राखेका थिए । निवर्तमान उपाध्यक्ष समेत रहेका भवानी लुइटेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव चन्द्रप्रसाद चुडालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.