Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सांसद साँवाद्वारा निर्वाचन क्षेत्रको अनुगमनसहित स्वास्थ्य सामाग्री वितरण
    समाचार

    सांसद साँवाद्वारा निर्वाचन क्षेत्रको अनुगमनसहित स्वास्थ्य सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख १०, बुधबार १७:५३ गते2 Mins Read

     

     

     

    राम निरौला,
    कनकाई खबर \  विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधि थप भएपछि झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा (लिम्बू) यतिबेला आफ्ना नागरिकको अवस्थाका बारेमा जानकारी लिन आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा सक्रिय देखिन्छन् ।

       

                                                         ( गौरीगन्ज – १ महाभारास्थित भारतसँग सीमा क्षेत्र जोडिएको कुन्जिबारी बोर्डर आउट पोस्ट्मा  )

        समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउँने नेपाल सरकारको कार्ययोजनामा सहकार्य गर्दै आएका सांसद साँवा कोरोना संक्रमणको वर्तमान अवस्थामा जनताको जीउधनको सुरक्षाका निम्ति गम्भिर बनेका छन् । आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका काममा सधैं चासो राख्दै आएका सांसद साँवा वर्तमान असहज परिस्थितीमा समेत जनताको स्वास्थ्यका निम्ति गम्भिर बनेका हुन् ।

          कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममा परेपछि यसको न्युनिकरण तथा रोकथामकालागि काठमाण्डौवाट स्वास्थ्य सामाग्री लिएर आफ्नो निर्वाचन क्षेत्रमा आएका सांसद साँवाले कोरोनाको संक्रमणवाट बच्न निर्वाचन क्षेत्रका नागरिकलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न अनुरोध गर्दै माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

       निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका कनकाई नगरपालिका, झापा गाँउपालिका, शिवसताक्षी नगरपालिका, गौरिगञ्ज गाउँपालिकाको वडा नम्बर १ र २ साथै गौरादह नगरपालिका वडा नम्बर ९ का लागि सांसद साँवाले मेडिकेटेड माक्स र सेनिटाइजर वितरण गरेका हुन् । सांसद साँवाले मंगलबार र बुधवार आफ्नो क्षेत्रमा रहेका पालिकाका प्रमुख साथै वडाका अध्यक्षहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था भएका नागरिकको पहिचान गरी सांसद साँवाले दोस्रो चरणमा खाद्य सामाग्री समेत वितरण गर्ने बताएका छन् ।

     

     

    ( भारतीय  सिमा क्षेत्रमा लकडाउनमा ब्यबस्थापन गरिएको सुरक्षा प्रबन्धबारे अवलोकन )

    सांसद् साँवाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका स्थानीय तहहरु कनकाई र शिवसताक्षी नगरपालिका साथै झापा गाउँपालिकामा रहेको कोरोना बिपत राहत कोषमा समान रुपले आफ्नो मासिक तलब बापतको रकमवाट रु.२५ हजारका दरले रकम हस्तान्तरण गरेको सांसद साँवाका स्वकीय सचिव सिकिन पासवानले बताएका छन् । उनले आफ्नो क्षेत्रमा भएका २८ वटा वडाहरुमा प्रति वडा एक हजारका दरले सम्वन्धित पालिका मार्फत मेडिकेटेड माक्स वितरण गर्नकालागि कुल ३० हजार माक्स र सेनेटाइजर क्षेत्र नं.४का पालिका प्रमुखहरुलाई हस्तान्तरण गरीसकेको बताइएको छ ।

        सांसद साँवाले यसअघि संघीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आँफूले सांसद सचिवालयबाट पाउने एक महिनाको तलव सुबिधा जम्मा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.