Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वन कार्यालको बिना अनुमति सार्वजनिक स्थलका रुख काटिए
    समाचार

    वन कार्यालको बिना अनुमति सार्वजनिक स्थलका रुख काटिए

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ९, मंगलवार १७:५३ गते3 Mins Read

     

     

     

    झापा  \ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सवैजना होमक्वारेन्टाइनमा रहेको वर्तमान अवस्थामा वन कार्यालको बिना अनुमति राजमार्गका हरिया रुख कटान भएका छन ।

    बन्दा बन्दीको समयमा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलको आदेशमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत कनकाई ७ स्थित दुर्गापुर सडक खण्डका ४ वटा हरिया रुख कटान भएको स्थानीय बासीले बताए । दुर्गापुर बजार पश्चिम राजमार्गको छेउमा नगर प्रमुख पोखरेलको निवास रहेको छ । हावाहुरीले घर नजिकै ठुला ठुला रुख ढलेर मानवीय र भौतिक दुवै क्षति हुन सक्ने भन्दै पोखरेलले दिएको आदेश अनुसार रुख कटान भएको कटान गर्ने मजदुरले बताएका छन् ।

    नगर प्रमुख पोखरेलले आफ्नो घर छेउको सडक क्षेत्रका ७ वटा मसला जातका रुख काट्न मजदुरलाई अह्राएका थिए । तर सडक डिभिजन कार्यालय दमक र जिल्ला बन कार्यालय झापाले रुख कटान भएको थाहा पाएपछी कटान भएको स्थलमा आएर रोकेका थिए । बनको टोली कटान भएको ठाउँमा आईपुग्दा ४ वटा मसला जातका रुख ढलिसेका थिए ।

    सार्वजनिक स्थलमा रहेका हरिया रुख कटान गर्नु परेमा सम्बन्धित निकायको अख्तियारी लिनुपर्ने कानुनी प्रावधान रहेको प्रष्ट पार्दै डिभिजन वन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिरेले कनकाई नगर प्रमुखलाई रुख काट्न वन कार्यालले अख्तियारी नदिएको बताए । नगर प्रमुखले घर नजिकैका रुख काट्नकालागि मौखिक रुपमा कुरा राखेको भएपनि कागजी रुपमा प्रक्रिया अघि नबढेको जानकारी दिँदै डिभिजन वनका प्रमुख घिमिरेले एकैचोटी रुख काटेको मात्र जानकारी आएको बताएका छन् ।

    सडकका रुख काट्न सडक विभाग र बन कार्यालय दुवैबाट अधिकार लिनु पर्छ । मानवीय क्षति हुन सक्ने ठाँउमा तत्काल रुख हटाउनु पर्ने भएमा बन कार्यालयबाट कटान आदेश लिएपछी मात्र कटान छुट हुन्छ । तर लिखित निवेदनवाट माग समेत नगरी मौखिक जानकारीका आधारमा रुख कटान गर्नुले नगर प्रमुखले राम्रो काम गर्न खोजेको भएपनि प्रक्रिया गलत भएको स्थानीयवासी बताउँछन् ।

    रुख कटानका विषयमा नगरको कार्यपालिका वोर्डले निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । तर कनकाई नगरपालिकाको नगर कार्यपालिका वोर्डमा रुख कटानका विषयमा कुनै पनि लिपीबद्ध निर्णय नभएको एक कार्यपालिका सदस्यले बताएका छन । ‘रुखका हाँगा हटाउने विषयमा कुरा उठेको हो, निर्णय लेखिएको छैन,’ ती सदस्यले भने । राजमार्गका रुख काटिएको विषयलाई लिएर केही संचार माध्यम साथै सामाजिक संजालहरुमा समाचार सार्वजनिक भएपछि कार्यपालिका बैठकको निर्णयकालागि पालिका सदस्यहरुसँग हार गुहार हुन थालेको ती कार्यपालिका सदस्यले जानकारी दिएका छन् । स्थानीय तहको नेतृत्व गरिरहेका कतिपय सरकार प्रमुखहरुले धेरै काम कुराहरु गर्न खोजेको भएपनि आफ्नो अधिकार क्षेत्र कति हो भन्ने कुरा नबुझेका कारणले पनि स्थानीय सरकार पटक पटक विवादमा आउँने गरेको बताइएको छ ।

    यसै सन्दर्भमा रुख कटानका विषयमा स्थानीय स्तरमा आलोचना सहनु परेपनि तत्कालको अप्ठ्यारो अवस्थालाई सहज बनाउँन निस्वार्थ ढङ्गले आँफू अघि बढेको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् । हावा हुरीको पनि समय आएकाले रुखका कारण विधुतीय तारमा हुन सक्ने क्षतिलाई मध्य नजर गर्दै कटान गरिएका रुख सम्वन्धित निकायलाई जिम्मा लगाउँने योजना अनुरुप रुखका सवै गोलियाहरु हाल कनकाई सव डिभिजन कार्यालयमा सुरक्षित रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.