Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लवबाट कनकाईका बिपन्न परिवारलाई ४ लाख बढीको खाद्य सामाग्री (भिडियो सहित)
    भिडियो

    लायन्स क्लवबाट कनकाईका बिपन्न परिवारलाई ४ लाख बढीको खाद्य सामाग्री (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ६, शनिबार १५:०५ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई नगरपालिका क्षेत्रमा रहेका विपन्न परिवारको पहिचान गरी अतिआवश्यकीय खाद्य सामाग्री वितरणको कार्य प्रारम्भ गरेको छ ।

        विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि स्थानीय सरकार मार्फत लायन्स क्लव अफ कनकाई सुरुङ्गाले विपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

       ‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रका साथ मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले कनकाई नगर क्षेत्रका ५ सय विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गर्ने योजनाअनुरुप कनकाई नगरको वडा नंं.१ वाट कार्य प्रारम्भ गरेको बताइएको छ । खाद्य सामाग्री स्थानीय सरकारको एकद्वार प्रणालीका आधारमा कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल र क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयावाट संयुक्त रुपमा हस्तान्तरण भएको हो । बिपन्न परिवारको छनौटकालागि वडाअध्यक्ष रोशन पोखरेल लगायत वडाका जनप्रतिनिधी साथै टोलविकास संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

        यस अघि झापा गाउँपालिका क्षेत्रमा दुई सय विपन्न परिवारलाई रु.१ लाख २७ हजार बराबरको खाद्य सामाग्री वितरण गरिसकेको क्लवले कनकाई नगर क्षेत्रमा ५ सय परिवारलाई रु.४ लाख ३ हजार बराबरको सामाग्री वितरण गर्ने योजना बनाएको क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाले बताएका छन् । सोही अनुरुप शनिवार कनकाईको वडा नं.१ मा ५० जना बिपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको बताइएको छ । त्यस्तै क्रमिक रुपले वडा नं. २, ४, ५, ६ र ७ मा ५०/५० जनालाई साथै वडा नं.३ मा २०० जना विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिने संस्थापक अध्यक्ष चिमरीयाले जानकारी दिएका छन् । नगरका वडा नंं. ८ र ९ गरी दुईवटा वडामा दोस्रो चरणमा कार्ययोजना बनाएर अघि बढ्ने बताइएको छ ।

     

        लायन्स र लियो क्लव अफ कनकाई सुरुङगाले स्थानीय केही सामाजिक व्यक्तित्वहरुको सहयोगमा संकलन भएको खाद्य सामाग्री कनकाई नगरपालिका मार्फत विपन्न परिवारलाई हस्तान्तरण गरेको क्लवका प्रथम उपाध्यक्ष मनोज बस्नेतले बताए । संस्थापक अध्यक्ष चिमरीयाको संयोजनमा संकलन भएको सामाग्रीकालागि सहयोग गर्ने दाताहरुमा चिमरीयासहित सामाजिक व्यक्तित्व विजय गजुरेल, बनबोरी राईस मिल सुरुङ्गा, तेजपाल अग्रवाल, सागर ओली, देवीप्रसाद ढुङ्गेल , खगेन्द्र महतो, अनन्त महतो, घनश्याम चौधरी रहेको वताइएको छ ।

        विपन्न परिवारकालागि पहिलो चरणमा १० हजार केजी चामल, ७ सय केजी दाल, ७ सय केजी नुन, ७ सयवटा साबुन लगायतका सामाग्री व्यवस्थापन गरिएको लायन्सका डिस्ट्रि ३२५ ए वान नेपाल अन्तरगत एरिया १ का एरिया चिप समेत रहेका चिमरीयाले जानकारी दिएका छन् । लायन्स क्लवले यस अघि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ ।स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले सवै वडा र टोलका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताहरुले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताइएको छ ।

        खाद्य सामाग्री हस्तान्तरण कार्यममा कनकाई १ का वडाअध्यक्ष रोशनराज पोखरेल, सदस्य देवीप्रसाद अधिकारी, जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला, क्लवका पूर्व अध्यक्ष रमेश खतिवडा, सचिव सञ्जय गजुरेल, कार्यक्रम संयोजक डिआर सुवेदी, लायन्स साथै लियो क्लवका पदाधिकारीहरु, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदम लिम्बू लगायतको उपस्थिती रहेको थियो ।विपन्न परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा दातावाट भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट दाता परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशन पालना गर्न समेत सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.