Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिपन्न परिवारका घर घरमा सहारा नेपाल
    आर्थिक

    बिपन्न परिवारका घर घरमा सहारा नेपाल

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ५, शुक्रबार १६:४६ गते3 Mins Read

     

     

    राम निरौला
    कनकाई खबर \  झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)ले स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

    संस्थाका संचालक समितिका पदाधिकारी साथै सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि सेवा क्षेत्रका कतिपय स्थानीय तहमा यस अघि पनि खाद्य सामाग्री वितरण गरिसकेको सहाराले स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप पुनः खाद्य सामाग्रीका साथै आर्थिक सहयोग गरेको हो ।

    यसै क्रममा संस्थाले देउमाई नगरपालिका इलामलाई रु. ५० हजारका साथमा ९ थान पिपिइ प्रदान गरेको छ । संस्थाको तर्फबाट मंगलबारे इलाम सेवा केन्द्र प्रमुख विकाश गिरी, कर्मचारीहरु भारत सिंह राजवंशी र प्रेमलाल रिजालले नगर प्रमुख सुर्य पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेको बताइएको छ । सोही अवसरमा वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बास्तोला, लेखा अधिकृत गजेन सुब्बा, युवा व्यवसायी विक्रम श्रेष्ठ लगायतको उपस्थिती रहेको बताइएको छ ।

       त्यसै गरी सहाराले त्रियुगा नगरपालिका गाईघाट उदयपुरलाई रु. ५० हजार सहयोग गरेको छ । नगर प्रमुख बलदेव चौधरीलाई संस्थाको तर्फबाट गाईघाट अनुगमन अधिकृत महेश तामाङ्, गाईघाट सेवा केन्द्र प्रमुख खगेन्द्र श्रेष्ठले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    सहयोगकै क्रममा संस्थाले कटारी नगरपालिका उदयपुरलाई रु. ५० हजार सहयोग गरेको छ । संस्थाको कटारी उदयपुर सेवा केन्द्र प्रमुख भजनलाल चौधरी, कर्मचारीहरु सरोज कटुवाल र काशिनाथ शर्र्माले नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिम कुमारी राउत,  वडा नं. ३ का वडाध्यक्ष कृष्ण कुमार दनुवार लगायतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको सहारा नेपाल सेवा केन्द्र इलामका प्रमुख केपी लुइटेलले जानकारी दिएका छन ।

         विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि सरकारलाई सहयोग गर्ने उद्येश्यले आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा नगद सहयोग गर्दै आएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।

    संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमूना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको कार्यकारी प्रमुख गिरी बताउँछन् । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ । यसका साथै सहारा नेपालले विभिन्न सचेतनामुलक पर्चा र लिफलेटहरु समेत वितरण गरेर गाउँका हरेक टोल टोलमा कोरोना सम्बन्धि सचेतना अभियान चलाउँदै आएको बताइएको छ ।

    सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.