Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको कोरोना कोषमा रामबाबु महर्जनको २५ हजार एकसय (भिडियो सहित)
    आर्थिक

    कनकाई नगरको कोरोना कोषमा रामबाबु महर्जनको २५ हजार एकसय (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ५, शुक्रबार ०२:०७ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर \ कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा समाजसेवी रामबाबु महर्जन र श्रीमति लक्ष्मी श्रेष्ठ महर्जनले २५हजार एक सय एक रुपैँया सहयोग गरेका छन् । महर्जनले कनकाई नगरपालिकामा आँफै गएर नगरप्रमुख राजेन्द्र पोखरेललाई नगद हस्तान्तरण गरेका हुन् ।

        कनकाई ३ सुरुङ्गा निवासी ७२ बर्षिय दाता रामबाबु महर्जन श्री महर्जन टायल उद्योग साथै जोजोलोप्पा कृतिम जलाशय घरका संचालक हुन् । स्थानीयस्तरका विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व तहमा रहेर सफल जिम्मेवारी सम्हालिसकेका महर्जन आफ्नो व्यथालाई कथा बनाएर समाजभित्रको विकृति र विसंगति विरुद्ध कलम चलाउँने एक साहित्यकारका रुपमा समेत परिचित छन् ।

        परिवारका साथ कृतिम जलाशय घरमा विभिन्न किसिमका फूलको व्यवस्थापन साथै कलात्मक शैलीमा सजावटका सामाग्री निर्माण गर्दै आएका महर्जन समाज परिवर्तनका निम्ति सधैं क्रियाशिल रहने एक सामाजिक अभियन्ता समेत हुन् । चाडपर्व साथै जन्मदिनका अवसरमा गाउँघरमा हुने फजुल खर्चलाई मानवीय सेवामा सदुपयोग गर्न सन्देश दिँदै महर्जनले बिपन्न परिवारलाई थोरै भएपनि राहत सामाग्री उपलव्ध गराउँने उद्येश्यले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले स्थापना गरेको विपत कोषमा जम्मा हुने गरी आँफूले आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।

       स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एकद्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताइएको छ ।

        विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि आफ्नै गाउँघरमा रहेका विपन्न परिवारकालागि खाद्य सामाग्री साथै औषधि उपचारको समेत व्यवस्थापनमा सहज होस् भनेर स्थानीय सरकार मार्फत आँफूले सानो सहयोग गरेको कनकाई खबरलाई महर्जनले जानकारी दिएका छन् । व्यवसाय होस् या सामाजिक क्षेत्र, आफ्नो छुट्टै पहिचान बनाएका महर्जनले यस अघि पनि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत आफ्नो क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

        सहयोग रकम ग्रहण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा दातावाट विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट महर्जन परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशनलाई पालना गर्न समेत सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.