Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा पालिका स्तरीय फुटवल सुरु उद्घाटन खेलमा कनकाई विजयी
    कनकाई खबर बिशेष

    सुरुङ्गामा पालिका स्तरीय फुटवल सुरु उद्घाटन खेलमा कनकाई विजयी

    ramBy ram२०७५ आश्विन २०, शनिबार ०८:१६ गते2 Mins Read

    सुरुङ्गा \ कनकाई नगरको सुरुङ्गामा झापा जिल्ला पालिका स्तरीय फुटवल प्रतियोगीताको एक विशेष समारोहका विच शुक्रवार उद्घाटन भएको छ । कनकाई खेलकुद् प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं.४ (ख) का प्रदेश सभा सदस्य हिरा थापाले खेलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

      प्रतियोगिताको पहिलो दिन कनकाई नगरपालिका र हल्दीवारी गाउँपालिका विच भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फवाट कुनै पनि गोल नभएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरको पनि अन्तीमको थप अवसरको सदुपयोग गर्दै कनकाई नगरका खेलाडी विजयी वनेका छन् । खेलको म्यान अफ द म्याच कनकाई नगरकै गोलकिपर मनिश मगर घोषित भएका छन् ।

      प्रतियोगिता उद्घाटनको अवसरमा कनकाई नगरपालिका र शिवसतासी नगरपालिाकाका कर्मचारी विचमा मैत्रीपूर्ण खेल सम्पन्न भएको आयोजक समितिका सदस्य नविन वास्तोलाले वताएका छन् । प्रतियोगिताको शनिवारको खेल दमक र विर्तामोड नगरपालिका विच हुने आयोजक समितिले जनाएको छ । कनकाई माविको खेलमैदानमा संचालन भएको प्रतियोगीतामा झापामा रहेका नगरपालिका र गाउँपालिका मध्ये ९ वटा स्थानीय तहको सहभागिता रहेको प्रतिष्ठानका उपाध्यक्ष एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले वताएका छन् ।

      प्रतियोगीतामा सहभागिता जनाउँने नगरपालिका तर्फ कनकाई, दमक, अर्जुनधारा, विर्तामोड र शिवसतासी नगरपालिका रहेका छन् भने गाउँपालिका तर्फ हल्दीवारी, कमल, बाह्रदशी र झापा गाउँपालिकाले सहभागिता जनाउँने छन् । प्रतियोगीताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोेस्रो पुरस्कार ५५ हजार ५ सय ५५ नगद र ट्रफी रहने प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले वताएका छन् ।

       असोज १९ गतेदेखी २९ गते सम्म संचालन हुने प्रतियोगीतामा प्रथम पुरस्कारको राशी कनकाई नगरपालिकाले र दोस्रो पुरस्कार अर्जुनधारा नगरपालिकाले सहयोग गरेको वताइएको छ । प्रतिष्ठानले यस अघि नगरपालिका स्तरीय दुईवटा संस्करण सम्पन्न गरीसकेको वताइएको छ । व्यवसायीक खेलाडी उत्पादन गर्दै जिल्लाका सवै पालिकासँग वन्धुत्व भावना कायम राख्ने उद्येश्यका साथ आयोजना गरीएको प्रतियोगीतामा जिल्लाका विभिन्न ठाउँमा अवसर नपाएका राम्रा खेलाडीहरुलाई समेत प्राथमिक्तामा राखिने वताइएको छ ।

       प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँको सभापतित्व एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष गोविन्द पौडेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष्य कुमारमणि पोखरेल, नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्साल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरीया, दमक खेलकुद विकास समितिकी कोषाध्यक्ष इन्दु न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उद्घाटन समारोहको संचालन प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.