Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपन्न परिवारकालागि सेवा क्षेत्रमा सहारा नेपालको सहयोग
    आर्थिक

    विपन्न परिवारकालागि सेवा क्षेत्रमा सहारा नेपालको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ४, बिहीबार ०८:२३ गते4 Mins Read

     

     

     राम निरौला
    कनकाई खबर  \ झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले विपन्न परिवारकालागि स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहयोग गर्दै आएको छ ।

         संस्थाका संचालक समितिका पदाधिकारी साथै सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि सेवा क्षेत्रका कतिपय स्थानीय तहमा यस अघि पनि खाद्य सामाग्री वितरण गरिसकेको सहाराले स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप पुनः खाद्य सामाग्रीका साथै आर्थिक सहयोग गर्दै आएको सहारा नेपाल(साकोस) का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि सरकारलाई सहयोग गर्ने उद्येश्यले आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा नगद सहयोग गर्दै आएको संस्थाका कार्यकारी प्रमुख गिरीले वताएका छन् । सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको वताइएको छ ।

       यसै क्रममा सहाराले दमक नगरपालिकालाई रु. १ लाख ११ हजार सहयोग रकमको चेक नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाइ हस्तान्तरण गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद निरौला, उपाध्यक्ष उपेन्द्र ओली, कोषाध्यक्ष डम्बर वहादुर देउजा, संस्थाका उपनिर्देशक लक्ष्मण खतिवडा, दमक सहयोग समिति संयोजक तारा बराल, उप प्रबन्धक चुडामणि कट्टेल, दमक सेवा केन्द्र प्रमुख डम्बर वहादुर प्रधान, सुपरिक्षक खड्ग बहादुर पौडेल लगायतको उपस्थितीमा सहयोग रकमको चेक हस्तान्तरण गरेको संस्थाको ईलाम सेवा केन्द्रका प्रमुख केपी लुइटेलले जानकारी दिएका छन् ।

     त्यस्तै संस्थाका संचालक पदाधिकारीसहितको सोही टोलीले गौरीगञ्ज गाउँपालिकामा समेत ६१ हजार सहयोग गरेको छ । गौरीगञ्ज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारी सहितको उपस्थितीमा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको बताइएको छ ।

     

     

    सहयोगकै क्रममा संस्थाको तर्फवाट चुलाचुली गाउँपालिकामा २५ हजार रकमको चेक गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईलाई हस्तान्तरण गरिएको छ । त्यस्तै याङवरक गाउँपालिका पाँचथरमा समेत २५हजार सहयोग गरेको छ । गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङ्हाङ् र प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यलाई संस्थाको थर्पू सेवाकेन्द्र प्रमुख रमेश राई,कर्मचारी रेवती घिमिरे लगायतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

      सहयोगकै क्रममा माइजोग्माई गाउँपालिका इलामलाई रु. २५ हजार सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष जितबहादुर राईलाई संस्थाको तर्फबाट नयाँबजार सेवा केन्द्र प्रमुख नेत्र कुमार खड्का, कर्मचारीहरु विनोद बुढाथोकी, राजेन्द्र लिम्बू लगायतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

          

      त्यस्तै संस्थाले उदयपुरस्थित बेलका नगरपालिकालाई रु. ५० हजार बराबरको १२ सय के.जी. चामल सहयोग गरेको छ । सहयोग सामाग्री नगरप्रमुख दुर्गा कुमार थापा, उपप्रमुख राज कुमारी चौधरी, विपतव्यवस्थापन र नगरपालिका कर्मचारी सल्लाहकार समिति सदस्यहरुसहितको उपस्थितीमा संस्थाको गाईघाट सेवा केन्द्रका अनुगमन अधिकृत महेश तामाङ्, रामपुर सेवाकेन्द्र प्रमुख दिलिप गिरी, बेलटार सेवाकेन्द्र प्रमुख सुजन कार्की, कर्मचारीहरु टेकप्रसाद अधिकारी, रुद्र कुमार राजवंशी, सरला कार्की , रविन कुमार चौधरी लगायतले सामाग्री हस्तान्तरण गरेका छन् । 

        संस्थाले झापाको बाह्रदशी गाउँपालिकामा रु. ६१ हजार सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई संस्थाको तर्फबाट सहारा नेपालका सञ्चालक समिति सदस्य शुक्र वहादुर तामाङ्, सहयोग समिति संयोजक मोहन विक्रम ओली, वरिष्ठ प्रबन्धक राम नारायण प्रधान, राजगढ सेवाकेन्द्र प्रमुख एकदेव कट्टेल लगायतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

       

     त्यस्तै संस्थाले बेलबारी नगरपालिकालाई रु ५० हजार सहयोग गरेको छ । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई संस्थाको तर्फबाट विराटचौक सेवाकेन्द्र प्रमुख मोतिखर सञ्जेल, बाहुनी सेवाकेन्द्र प्रमुख खम्बराज काफ्ले, कर्मचारीहरु आशनारायण चौधरी , निर्मला रिजाल लगायतले सहयोग रकमको चेक हस्तान्तरण गरेको सहारा नेपाल साकोस सेवा केन्द्र इलामका प्रमुख के.पी. लुईटेलले जानकारी दिएका छन् । 

     संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमूना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न वितरण गरिसकेको छ । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ । संस्थाले विभिन्न सचेतनामुलक पर्चा र लिफलेटहरु समेत वितरण गरेर गाउँका हरेक टोल टोलमा कोरोना सम्बन्धि सचेतना अभियान चलाउँदै आएको सहाराका कर्मचारी लुईटेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.