Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा जेष्ठ नागरीक सम्मान
    समाचार

    सुरुङ्गामा जेष्ठ नागरीक सम्मान

    ramBy ram२०७५ आश्विन २०, शनिबार ०७:४५ गते2 Mins Read

    सुरुङ्गा \ “जेष्ठ नागरीकको सम्मान राष्ट्रको पहिचान” भन्ने मूल नाराका साथ कनकाई नगर जेष्ठ नागरीक संघको आयोजनामा सुरुङ्गामा २५ औं विश्व अल्जाइमर दिवस एवम् २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवस मनाइएको छ ।

       कनकाई उद्योग वाणिज्य संघको सभा हलमा शुक्रवार सम्पन्न भएको अन्तरक्रियामूलक कार्यक्रममा नगरका नौवटै वडाका एक एक जना गरी नौ जना जेष्ठ नागरीकलाई सम्मान समेत गरीएको छ । यसरी सम्मानित हुने जेष्ठ नागरीकहरुमा वडा नं. १ देखी क्रमशः धनमाया रम्तेल, शरणकुमार माझी, विष्णुमाया खरेल, बम वहादुर राई, सुगन मण्डल, धनमाया कुमाल, सीता पोखरेल, लुखी टुडु र गंगा मर्डी रहेका छन् ।

       कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिरा थापा, जेष्ठ नागरीक संघ जिल्ला उपाध्यक्ष हरी ओली, संघका कनकाई नगर अध्यक्ष पुण्यप्रसाद वाराकोटी लगायतले सम्मानित जेष्ठ पिताहरुलाई एक सेट कुर्था सुरुवाल र टोपी साथै जेष्ठ माताहरुलाई एक सेट साडी, चोलो, पेटीकोट सहित मिठाई फलफूल वितरण गरेका थिए।
    कार्यपत्र समेत प्रस्तुत भएको कार्यक्रममा बाल रोग विशेषज्ञ एवम् संघका जिल्ला सल्लाहकार डा. टंकप्रसाद वाराकोटीले अल्जाइमर रोगका वारेमा संक्षिप्त जानकारीमूलक कार्यपत्र प्रस्तुत गरेका थिए ।

      त्यस्तै जेष्ठ नागरीक संघ मोरङ् जिल्लाका संस्थापक सह सचिव रुद्रवहादुर तामाङ्ले जेष्ठ नागरीकको विगत, वर्तमान र भविष्यका वारेमा तयार गरेको कार्यपत्र प्रस्तुत गरेका थिए भने बरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेतीले जेष्ठ नागरीकको कानुनी अधिकारका वारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

    संघका कनकाई नगर अध्यक्ष पुण्यप्रसाद वाराकोटीको सभापतित्व रहेको कार्यक्रममा राज्यले जेष्ठ नागरीकहरुलाई सम्मान र संरक्षण गर्नका लागि विभिन्न किसिमका सरकारी तथा गैह्र सरकारी सामाजिक समितिहरुको गठन गरेको भएपनि ऐन,नियमावली र निर्देशिका अनुसारको काम सन्तोषजनक नभएको भन्दै सहभागीहरुले गुनासो पोखेका थिए । संघका कनकाई नगर उपाध्यक्ष गोपाल चुडालको स्वागत तथा कनकाई नगरपालिकाकी महिला विकास अधिकृत उमा अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

      संघका नगर सचिव शम्भु पोखरेलको संचालन रहेको कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले जेष्ठ नागरीकको विषयमा कविता वाचन गरेका थिए भने संघका जिल्ला उपाध्यक्ष हरी ओली, कनकाई नगर कार्यपालिका सदस्य सुनीता सिग्देल, सामाजिक अभियन्ता शिव कडेल लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.