Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विराटनगर महानगरपालिकालाई सहारा नेपालको १ लाख ११ हजार
    आर्थिक

    विराटनगर महानगरपालिकालाई सहारा नेपालको १ लाख ११ हजार

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ३, बुधबार १५:५८ गते2 Mins Read

     

     

    राम निरौला,
    कनकाई खबर  \  झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले विराटनगर महानगरपालिकालाई १ लाख ११ हजार सहयोग गरेको छ ।

        विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि विहान बेलुकाको छाक टार्न सहज होस् भन्ने उद्येश्यले संस्थाले स्थानीय सरकार मार्फत आर्थिक सहयोग गरेको वताइएको छ । स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा निरन्तर सहयोग गर्दै आएको सहाराले विराटनगर महानगरपालिकाका प्रमुख भिमप्रसाद पराजुलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको संस्थाको विराटनगर शाखाका प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।

        उपप्रमुख इन्दिरा कार्की सहित महानगरपालिकाका उच्च तहका कर्मचारी साथै जनप्रतिनिधीहरु समेत सहभागी भएको चेक हस्तान्तरण कार्यक्रममा संस्थाको विराटनगर ईलाका कार्यालयका प्रबन्धकद्वय यादवकुमार बस्नेत र ओमप्रकाश शाह, विराटनगर शाखा प्रमुख रमेश पौडेल, पुष्पलाल चौक शाखा प्रमुख सुजित शाह, रंगेली शाखा प्रमुख अजितकुमार शाह लगायतको उपस्थिती रहेको वताइएको छ ।

       सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले वताएका छन् । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् ।

       सहारा नेपाल(साकोस) को आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय सरकारले स्थापना गरेको राहत कोष मार्फत सहयोग गर्दै आएको वताइएको छ ।

    संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमुना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका विभिन्न क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको कार्यकारी प्रमुख गिरी बताउँछन् । प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग गरीसकेको संस्थाले एक हजार भुटानी शरणार्थी परिवारलाई खाद्य सामाग्री वितरण गरिसकेको छ । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ । सहारा नेपालले विभिन्न सचेतनामुलक पर्चा र लिफलेटहरु समेत वितरण गरेर गाउँका हरेक टोल टोलमा कोरोना सम्बन्धि सचेतना अभियान समेत चलाउँदै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.