Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जहदा र कटहरीमा सहारा नेपालको सहयोग
    आर्थिक

    जहदा र कटहरीमा सहारा नेपालको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ३, बुधबार ११:५० गते3 Mins Read

     

    राम निरौला
    कनकाई खबर \ झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले मोरङ्ग जिल्लाको जहदा र कटहरी गाउँपालिकामा अतिआवश्यकीय  खाद्य सामाग्री सहयोग गरेको छ ।

     

                                                                                                         कटहरीमा खाद्य सामाग्री हस्तान्तरण  गर्दै

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि आफ्नो सेवा क्षेत्रमा सरकारलाई सहयोग गर्ने उद्येश्यले सहाराले अतिआवश्यकीय खाद्य सामाग्री सहयोग गरेको हो । स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा निरन्तर सहयोग गर्दै आएको सहाराले जहदा गाउँपालिकामा पालिका अध्यक्ष कैलाशप्रसाद मण्डल लगायत जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थितीमा संस्थाका तर्फवाट ६ सय २५ केजी चामल हस्तान्तरण गरेको कटहरी सेवा केन्द्रका प्रमुख नारायण पौड्यालले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा संस्थाका तर्फवाट ईलाका कार्यालय विराटनगरका प्रमुख यादवकुमार बस्नेत तथा कटहरी सेवा केन्द्रका प्रमुख नारायण पौड्याल तथा जयप्रकाश राईको उपस्थिती रहेको वताइएको छ ।

         त्यस्तै संस्थाका तर्फवाट कटहरी गाउँपालिकामा पाँच सय केजी चामल,२० लिटर तेल र ५० केजी नुन उपलव्ध गराइएको कटहरी सेवा केन्द्रका प्रमुख पौडयालले बताएका छन् । गाउँपालिकाका प्रतिनिधी जदुकामतलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि विहान बेलुकाको छाक टार्न सहज होस् भन्ने उद्येश्यले संस्थाले स्थानीय सरकार मार्फत खाद्य सामाग्री वितरण गरेको वताइएको छ । स्थानीय स्तरको अतिआवश्यक्तालाई मध्यनजर गरी संस्थाले दुवै गाउँपालिकामा २५÷२५ हजार बराबरको खाद्य सामाग्री उपलव्ध गराएको सहारा नेपाल (साकोस) अन्तर्गत कटहरी सेवा केन्द्रका प्रमुख पौड्यालले कनकाई खबरलाई जानकारी दिएका छन् ।

        सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले वताएका छन् । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् ।सहारा नेपाल(साकोस) को आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको वताइएको छ ।

        संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमूना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका विभिन्न क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको कार्यकारी प्रमुख गिरी बताउँछन् । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ । यसका साथै सहारा नेपालले विभिन्न सचेतनामुलक पर्चा र लिफलेटहरु समेत वितरण गरेर गाउँका हरेक टोल टोलमा कोरोना सम्बन्धि सचेतना अभियान समेत चलाउँदै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.