Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय सरकारलाई सहारा नेपालको निरन्तर सहयोग
    समाचार

    स्थानीय सरकारलाई सहारा नेपालको निरन्तर सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७७ बैशाख ३, बुधबार ०७:२२ गते6 Mins Read

    राम निरौला

    कनकाई खबर /  झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले स्थानीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा निरन्तर आर्थिक सहयोग गर्दै आएको छ ।
    संस्थाका संचालक समितिका पदाधिकारी साथै सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि सेवा क्षेत्रका कतिपय स्थानीय तहमा यस अघि पनि खाद्य सामाग्री वितरण गरिसकेको सहाराले स्थानीय सरकारको एकद्वार प्रणाली अनुरुप पुनः खाद्य सामाग्रीका साथै आर्थिक सहयोग गरेको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि सरकारलाई सहयोग गर्ने उद्येश्यले आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा नगद सहयोग गर्दै आएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।
    संस्थाको सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपालकै अग्रणी तथा सामाजिक क्रियाशीलताकालागि विश्वकै नमूना सहकारी संस्थाका रुपमा रहेको सहारा नेपालले यसअघि नै सेवा क्षेत्रका क्वारेन्टाइनमा ५० लाख रुपैयाँको खाद्यान्न प्रदान गरिसकेको कार्यकारी प्रमुख गिरी बताउँछन् । यसका साथै संस्थाले कोराना संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीकालागि स्वास्थ्य कवचसहित आइसोलेसन समेत प्रदान गरिसकेको बताइएको छ । यसका साथै सहारा नेपालले विभिन्न सचेतनामुलक पर्चा र लिफलेटहरु समेत वितरण गरेर गाउँका हरेक टोल टोलमा कोरोना सम्बन्धि सचेतना अभियान चलाउँदै आएको बताइएको छ ।

    सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् । “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको बताइएको छ ।

    यसै क्रममा सहारा नेपाल(साकोस) ले सुर्योदय नगरपालिका फिक्कल इलामलाई रु.५० हजारको चेक हस्तान्तरण गरेको छ । संस्थाको तर्फबाट फिक्कल सेवाकेन्द्र प्रमुख कल्पना ढुङ्गाना, कर्मचारी सम्झना गुरुङ्ग, सुरज भट्टराई लगायतको उपस्थितीमा नगरपालिकाका प्रमुख रण वहादुर राई र उप प्रमुख दुर्गा देवी भट्टराईलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको सेवा केन्द्र इलामका प्रमुख केपी लुईटेलले जानकारी दिएका छन् ।


    त्यस्तै मिक्लाजुङ् गाउँपालिका पाँचथरमा रवि सेवा केन्द्र प्रमुख सरोज ढुङ्गेलले गाउँपालिका अध्यक्ष अमर माखिमलाई संस्थाको तर्फबाट रु. २५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

     

    त्यस्तै कुम्मायक गाउँपालिका पाँचथरका ३ वटा वडामा ५ सय ५५ के.जी. चामल वितरण गरिएको वताइएको छ । गा.पा. अध्यक्ष जय कुमार चेम्जोङ्लाई संस्थाको तर्फबाट सेवा केन्द्र यासोक प्रमुख मदन श्रेष्ठले चामल हस्तान्तरण गरेको वताइएको छ ।
    ।


    फाल्गुनन्द गा.पा. पाँचथरका अध्यक्ष वीर व. कुरुम्बाङ्, उपाध्यक्ष देवीत्रा कुमारी आङ्दम्बे र प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीलाई संस्थाको तर्फबाट राँके सेवाकेन्द्रका प्रमुख पदम प्र. सापकोटाले रु. २५ हजारको चेक हस्तान्तरण गरेका छन् ।


    फाकफोकथुम गा.पा. इलाममा समेत गा.पा. अध्यक्ष राम कु.श्रेष्ठ , गा.पा. उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितीमा रु. २५ हजार र ८ थान सुरक्षासामग्री (पिपिई) हस्तान्तरण गरिएको छ । हस्तान्तरणका अवसरमा संस्थाको तर्फबाट राँके सेवाकेन्द्र प्रमुख पदम प्र. सापकोटा,मंगलबारे इलाम सेवाकेन्द्र प्रमुख विकाश गिरी, कर्मचारिहरु भारतसिंह राजवंशी, प्रेमलाल रिजाल, त्रिवेणी युवा क्लव अशेष कुमार बुढाथोकी, विक्रम श्रेष्ठ, धर्मेन्द्र नेपालसहितको उपस्थिती रहेको वताइएको छ ।


    त्यस्तै फिदिम नगरपालिका पाँचथर फिदिममा नगर प्रमुख ओनाहाङ् नेम्बाङ्लाई संस्थाको तर्फबाट ५० हजार बराबरको खाद्य सामाग्री फिदिम सेवाकेन्द्र प्रमुख तुल्सीराम तिम्सिनाले हस्तान्तरण गरेका छन् ।

    त्यस्तै झापाको कचनकवल गाउँपालिकामा पालिका अध्यक्ष अन्जार आलमलाई रु.६१ हजारको चेक हस्तान्तरण गरिएको छ । संस्थाको तर्फबाट सेवाकेन्द्र बनियानी प्रमुख लक्ष्मण घिमिरे, सेवाकेन्द्र ज्ञानेचोक प्रमुख सुदिप खड्का, सेवाकेन्द्र पथरिया प्रमुख महेन्द्र प्र. राजवंशी, कर्मचारीहरु मुकुन्द उप्रेती, राजेन्द्र बराइली लगायतको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।

    त्यस्तै भद्रपुर नगरपालिकामा रु. १ लाख ११ हजारको चेक हस्तान्तरण गरिएको छ । भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठलाई संस्थाका सञ्चालक समिति सदस्य यसोदा प्रसाई, चन्द्रगडी सेवाकेन्द्र सहयोग समिति सदस्य खेमराज गिरी,तिलक पाण्डे, चन्द्रगडी सेवाकेन्द्र प्रमुख कल्पना मिश्र, सेवाकेन्द्र ज्ञानेचोक प्रमुख सुदिप खड्का, कर्मचारीहरु मुकुन्द उप्रेती ,सञ्चारकर्मी गोपाल गिरी लगायतको उपस्थितीमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको बताइएको छ ।
    ।

    स्थानीय सरकारलाई सहयोग गर्ने क्रममा संस्थाले हल्दिवारी गाउँपालिका झापालाई रु.६१ हजारको चेक हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रविन्द्र प्र. लिङ्देन, उपाध्यक्ष डम्बर गिरी, वडा नं. २ का वडाध्यक्ष राजेन्द्र योङ्हाङ्लाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । संस्थाको तर्फबाट
    चारआली ईलाका प्रबन्धक मुकुन्दसेन कार्की, सेवाकेन्द्र गोलधाप प्रमुख दुर्गाराज न्यौपाने, कर्मचारी मुकेश टुडु लगायतको उपस्थिती रहेको वताइएको छ ।

    त्यस्तै कमल गाउँपालिका झापालाई रु. ६१ हजार सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठलाई संस्थाको तर्फबाट शेयर सदस्य शिव भट्टराई, केरखा सेवाकेन्द्र प्रमुख खगेन्द्र प्रसाद शिवाकोटी,
    कर्मचारीहरु तेज प्रसाद गौतम, केशरगंगा पौडेलको उपस्थितीमा सहयोग रकमको चेक हस्तान्तरण गरिएको वताइएको छ ।

    त्यस्तै गौरादह नगरपालिकालाई रु. १ लाख ११ हजारको चेक हस्तान्तरण गरिएको छ । नगर प्रमुख रोहितकुमार शाह, वडाअध्यक्षहरुसहितको उपस्थितीमा भएको चेक हस्तान्तरणमा संस्थाको तर्फबाट केन्द्रिय कार्यलय सुपरिक्षक खड्ग व. पौडेल, गौरादह सेवाकेन्द्र प्रमुख दिल कुमारी राउत, गौरीगञ्ज सेवाकेन्द्र प्रमुख धर्मराज अधिकारीलगायतको सहभागिता रहेको वताइएको छ ।

    सहयोगकै क्रममा सहारा नेपालले सुनवर्षी र रतुवामाई न.पा. मा रु . ५० हजार बराबरको खाद्यन्न नगर प्रमुख रविन राई र कालीप्रसाद दासलाई हस्तान्तरण गरिएको वताइएको छ । खाद्यन्न सामाग्री हस्तान्तरणमा संस्थाको तर्फबाट विराटनगर इलाका प्रबन्धक यादव वस्नेत, भौडाहा सेवाकेन्द्र प्रमुख चन्दुुलाल विश्वास, सिजुवा सेवाकेन्द्र प्रमुख लोकनाथ भट्टराई ,कर्मचारीहरु भिम बहादुर बस्नेत र हेमन्त आचार्य लगायतको उपस्थिती रहेको थियो ।

    त्यस्तै धरान उपमहानगरपालिकामा रु. ५० हजारको चेक उपमहानगरपालिका उपप्रमुख मन्जु भण्डारीलाई हस्तान्तरण गरिएको छ । संस्थाको तर्फबाट गाईघाट अनुगमन अधिकृत महेश तामाङ्, धरान सेवाकेन्द्र प्रमुख प्रमिला अर्याल, रामपुर सेवाकेन्द्र प्रमुख दिलिप गिरी, कर्मचारीहरु सञ्जय प्रधान र लक्ष्मी कार्की लगायतको उपस्थिती रहेको वताइएको छ ।

    त्यस्तै झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष जयनारायण शाह , उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जिवन निरौलालाई रु.६१ हजारको सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट कुमरखोद सेवाकेन्द्र सहयोग समिति संयोजक जगन्नाथ राजवंशी, सदस्य माधव पोख्रेल,सागिरथ गणेश ,संस्थाका उप प्रबन्धक चुडामणी कट्टेल, सेवाकेन्द्र कुमरखोद प्रमुख दिपक पोखरेल लगायतको उपस्थिती रहेको संस्थाको इलाम सेवा केन्द्रका प्रमुख केपी लुइटेलले जानकारी दिएका छन् ।

    त्यस्तै इलामस्थित माङ्सेबुङ् गाउँपालिकालाई रु.२५ हजारको चेक र ८ थान पिपिई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङोलाई संस्थाका तर्फवाट मङ्गलबारे इलाम सेवा केन्द्रका प्रमुख विकास गिरी, कर्मचारी भारतसिंह राजवंशी र प्रेमलाल रिजाल, त्रिवेणी युवा क्लवका अशेष कुमार बुढाथोकी, विक्रम श्रेष्ठ, धर्मेन्द्र नेपालसहितको उपस्थितीमा सहयोग सामाग्री साथै चेक हस्तान्तरण गरिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.