Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस क्लवको स्थापना दिवसमा सम्मान
    समाचार

    प्रेस क्लवको स्थापना दिवसमा सम्मान

    ramBy ram२०७५ आश्विन १८, बिहीबार १५:४१ गते3 Mins Read

    सुरुङ्गा  \  कनकाई नगरपालिका क्षेत्र भित्र रहेका क्रियाशील संचारकर्मीहरुको साझा संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले तेस्रो स्थापना दिवसको अवसर पारेर विहिवार झापाका अग्रज साहित्यकारलाई अभिनन्दन सहित क्रियाशिल एकजना महिला पत्रकारलाई पत्रकारिता पुरस्कारवाट सम्मान गरेको छ ।यसरी सम्मानित हुने अग्रज साहित्यकारमा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी कोमलप्रसाद पोखरेल हुनुहुन्छ भने पत्रकारिता पुरस्कारवाट कञ्चनजंघा एफ एमकी कार्यक्रम प्रस्तोता भिमा शिवाकोटी रहनुभएको छ ।

        वि.सं. २०१८ सालदेखी इलामवाट शिक्षण सेवामा प्रवेश गर्नुभएका पोखरेलले २०२३ साल देखी झापाको तत्कालिन सुरुङ्गा स्थित कनकाई प्राथमिक विद्यालयमा अध्यापन प्रारम्भ गर्नुभएको थियो । क्रमिक रुपले कनकाई मावि साथै २०४७ सालदेखी २०७४ सम्म निरन्तर कनकाई वहुमुखी क्याम्पस सुरुङ्गामा प्राध्यापन गराउँदै आउँनु भएका पोखरेल हाल शिक्षण सेवा निवृत्त प्राध्यापक हुनुहुन्छ ।

       विभिन्न सामाजिक तथा शैक्षिक प्रतिष्ठानहरुले प्रकाशन गरेका कृतिहरुको सम्पादन गर्दै डेड दर्जन भन्दा बढी विभिन्न संघ संस्थाहरुवाट सम्मानित एवम् पुरस्कृत भईसक्नु भएका अग्रज साहित्यकार पोखरेलले नेपाली साहित्य र शिक्षाको माध्यमवाट समाज रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नगद रु.७ हजार ५ सय ५५ सहित, दोसल्ला र अभिनन्दन पत्रवाट सम्मान गरीएको हो ।

      यसैगरी वि.सं.२०५९ सालदेखी कञ्चनजंघा एफ.एम.वाट पत्रकारीता सुरु गर्नुभएकी वर्तमानमा नारी संचार गृह झापाकी कार्यवाहक अध्यक्ष साथै नेपाल पत्रकार महासंघ झापाकी महिला उपाध्यक्ष समेत रहनुभएकी क्रियाशिल संचारकर्मी भिमा शिवाकोटीलाई संचारको क्षेत्रवाट समाजको परिवर्तित विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै नगद रु.७ हजार ५ सय ५५ सहित, दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो ।

       सम्मानित व्यक्तित्व दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल एवम् विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा लगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रेस क्लवको अक्षयकोष वृद्धिका लागि नगद रु.११ हजार सहयोग गर्ने कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईँलाई समेत सम्मान गरीएको छ ।

       क्लवले स्थापना दिवसको अवसरमा पहिलो वर्ष स्व.तुलसीदास श्रेष्ठ र पत्रकार गौरव पोखरेललाई साथै दोस्रो वर्ष महाकाव्यकार मित्रप्रसाद दहाल र क्रियाशिल पत्रकार लिलाराज झापालीलाई नगद सहितको सम्मान गरीसकेको छ । कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् कनकाई नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सम्मानित व्यक्तित्व कोमलप्रसाद पोखरेलको व्यक्तित्वका वारेमा क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेलले र संचारकर्मी भिमा शिवाकोटीको व्यक्तित्वका वारेमा क्लवकी उपाध्यक्ष सावित्रा भट्टराईले प्रष्ट पार्नुभएको थियो ।

      क्लवकी उपाध्यक्ष संगीता उप्रेतीले स्वागत तथा सदस्य डिल्लीराम घोर्साईँले औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा क्लवका सल्लाहकारहरु चम्पा खनाल सुवेदी, कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, ख्याम ओली लगायत कनकाई नगरका जनप्रतिनिधीहरु, क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । सम्मानित व्यक्तित्व द्वय कोमलप्रसाद पोखरेल र भिमा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघका सचिव सन्तोष आचार्य, कनकाई माविका प्राचार्य निर्मल खतिवडा लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव मनोज वस्नेतले गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.