Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा पालिका स्तरीय फुटवल हुने
    खेलकुद

    कनकाईमा पालिका स्तरीय फुटवल हुने

    ramBy ram२०७५ आश्विन १७, बुधबार ०१:०३ गते2 Mins Read

    सुरुङ्गा \कनकाई नगरको सुरुङ्गामा झापा जिल्ला पालिका स्तरीय फुटवल प्रतियोगीता हुने भएको छ ।
    कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न हुने प्रतियोगीतामा झापामा रहेका नगरपालिका र गाउँपालिका मध्ये ९ वटा स्थानीय तहको सहभागिता रहने प्रतिष्ठानका उपाध्यक्ष एवम् खेल संयोजक राजेन्द्र उप्रेतीले वताएका छन् ।

       प्रतियोगीतामा सहभागिता जनाउँने नगरपालिका तर्फ कनकाई, दमक, अर्जुनधारा, विर्तामोड र शिवसतासी नगरपालिका रहेका छन् भने गाउँपालिका तर्फ हल्दीवारी, कमल, बाह्रदशी र झापा गाउँपालिका रहने वताइएको छ । प्रतियोगिताका लागि ६ लाख, ८६ हजार, ६ सय ६६ रुपैंयाको वजेट स्टमेट गरीएको सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले जानकारी गराएको छ ।

       प्रतियोगीताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोेस्रो पुरस्कार ५५ हजार ५ सय ५५ नगद र ट्रफी रहने प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले वताएका छन् । कनकाई माविको खेलमैदानमा असोज १९ गतेदेखी २९ गते सम्म संचालन हुने प्रतियोगीतामा प्रथम पुरस्कारको राशी कनकाई नगरपालिकाले र दोस्रो पुरस्कार अर्जुनधारा नगरपालिकाले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

      सहभागी पालिकाहरु, स्थानीय संघसंस्था, उद्योगी व्यवसायी, फुटवल प्रेमी महानुभावहरु लगायतको आर्थिक सहयोगमा खेलका लागि वजेटको व्यवस्थापन गरीएको प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँले वताएका छन् । प्रतिष्ठानले यस अघि नगरपालिका स्तरीय दुईवटा संस्करण सम्पन्न गरीसकेको वताइएको छ ।

      व्यवसायीक खेलाडी उत्पादन गर्दै जिल्लाका सवै पालिकासँग वन्धुत्व भावना कायम राख्ने उद्येश्यका साथ आयोजना गरीएको प्रतियोगीतामा जिल्लाका विभिन्न ठाउँमा अवसर नपाएका राम्रा खेलाडीहरुलाई समेत प्राथमिक्तामा राखिने वताइएको छ । खेल सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी समेत तोकिएको छ ।

      गठन गरीएका उपसमितिहरु मध्ये खेलमैदान व्यवस्थापन उपसमिति जसको संयोजकमा त्रिलोचन चिमरीया, प्रचार प्रसार उपसमितिको संयोजकमा झलक सिटौला, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी विमली, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा अर्जुन गिरी, अतिथी सत्कारमा संयोजक अम्विका खरेल लगायत रहेका छन् ।

      प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँको सभापतित्व एवम् सचिव दिननाथ खतिवडाले संचालन गरेको पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, खेल राजदुत सन्त रायमाझी, सुनिल भेट्वाल लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.