विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि कनकाई नगर क्षेत्रका दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई अतिआवश्यकीय खाद्य सामाग्री साथै आवश्यक औषधी उपचारकालागि खर्च गर्ने उद्येश्यका साथ कनकाई नगरपालिकाले कोरोना राहत विपत कोष स्थापना गरेको छ ।
कोषमा स्थानीय सामाजिक व्यक्तित्व, संघसंस्था, उद्योगी व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नगरवासी, शुभेच्छुक, शुभचिन्तकहरुको सहयोग निरन्तर प्राप्त भइरहेको छ । लकडाउनको यो विशेष परिस्थितीमा कनकाई नगरका जुनसुकै वर्ग,जातजाती, समुदायमा रहेका विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्नकालागि कुनै पनि अभाव हुन नदिन स्थानीय सरकार सधैं गम्भीर भएको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले यस बिपतीमा स्थानीय सरकारलाई विभिन्न माध्यमवाट सहयोग पुर्याउँने सम्पूर्ण दाता महानुभावहरु, संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सम्वन्धित सवैप्रति आभार प्रकट गर्दै लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरवासीलाई अनुरोध गरेका छन् ।