Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकाको कोरोना राहत कोषमा ओली दाजुभाइको ५१ हजार
    आर्थिक

    कनकाई नगरपालिकाको कोरोना राहत कोषमा ओली दाजुभाइको ५१ हजार

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र ३०, आईतवार ०५:२७ गते2 Mins Read

    कनकाई खबर / कोरोना महामारीका कारण मुलुकभरी नै लकडाउन भएको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले आफ्ना नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा समाजसेवी ख्याम ओली र उनका भाइ तेज ओलीले २५हजार ५सयका दरले ५१ हजार रुपैँया सहयोग गरेका छन् ।

       दाता ख्याम ओली होटल डिालाइटका संचालक, कनकाई सामुदायिक वन समूहका अध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा नेतृत्व तहमा रहेर काम गर्दै आएका एक सफल व्यवसायी हुन् भने उनका भाइ तेज ओली वैदेशिक रोजगारीको शिलशिलामा हाल अष्टे«लियामा छन् । विदेशमै रहेका तेज ओलीले यहि चैत महिनाको २६ गतेका दिन आफ्नो जन्मदिन समेत परेको हुँदा जन्म दिन मनाउँनकालागि आवश्यक पर्ने फजुल खर्चलाई कटाएर अति बिपन्न परिवारलाई थोरै भएपनि राहत सामाग्री उपलव्ध गराउँने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले स्थापना गरेको विपत कोषमा जम्मा हुने गरी आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।

    स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताहरुले नगरपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि जन्म दिनको समेत अवसर पारेर आफ्नै गाउँघरमा रहेका विपन्न परिवारकालागि खाद्य सामाग्री साथै औषधि उपचारको समेत व्यवस्थापनमा सहज होस् भनेर स्थानीय सरकार मार्फत सहयोग गरेको ओलीले बताएका छन् ।

    आवश्यक परेमा आगामी दिनमा समेत थप सहयोग गर्दै जाने उनले कनकाई खबरलाई जानकारी दिएका छन् । व्यवसाय होस् या सामाजिक क्षेत्र, आफ्नो छुट्टै पहिचान बनाएका ख्याम ओली साथै लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा अष्ट्रेलियामा रहेका तेज ओलीले यस अघि पनि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत आफ्नो नेपाली भूमिमा महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ । सहयोग रकमको चेक ग्रहण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा दातावाट विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट दाता परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशन विनाशर्त पालना गर्न सम्पूर्ण नगरवासीहरुलाई अनुरोध समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.