Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ईलाम नगरपालिकालाई सहारा नेपालको ५० हजार सहयोग
    आर्थिक

    ईलाम नगरपालिकालाई सहारा नेपालको ५० हजार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २९, शनिबार १०:५७ गते2 Mins Read

     

     

    राम निरौला
    कनकाई खबर  \  झापाको चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) ले कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको वर्तमान अवस्थामा ईलाम नगर क्षेत्रका दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारकालागि खाद्य सामाग्री उपलव्ध गराउँने उद्येश्यले नगरपालिकाले स्थापना गरेको स्थानीय तह आकस्मीक कोषमा ५०हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाका अनुगमन अधिकृत तोयानाथ आचार्य र ईलाम सेवा केन्द्र प्रमुख केपी लुइटेलले नगर प्रमुख महेश बस्नेतको कार्य कक्षमै गएर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

       

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि संस्थाको सेवा क्षेत्रका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा स्थानीय सरकार मार्फत यस अघि सहारा नेपालले खाद्य सामाग्री वितरण गरिसकेको छ । आफ्नो सेवा क्षेत्र प्रदेश नं.१ का ६ वटा जिल्ला झापा, ईलाम, पाँचथर,उदयपुर, मोरङ्ग, सुनसरीमा रहेका क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहाराले हाल आवश्यक्ता र अवस्थालाई समेत मध्यनजर गर्दै ईलाम नगरपालिकाले स्थापना गरेको आकस्मीक कोषमा नगद सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वताएका छन् ।

       सहारा नेपालका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत संस्थाले सहयोग गर्दै आएको सहारा नेपालका कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् । “कोरोना भाइरस स्रक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ विपतको यो अवस्थामा सरकारलाई सहयोग गर्ने उद्येश्यले संस्थाका कर्मचारीहरुवाट मानवीय सहायता कोष स्थापना गरीएको कार्यकारी प्रमुख गिरीले कनकाई खबरलाई जानकारी दिएका छन् ।

        स्थानीय सरकारका रुपमा रहेको ईलाम नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एकद्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि सहारा नेपाल(साकोस)ले सोही अनुरुप स्थानीय सरकारलाई नगद सहयोग गरेको सेवा केन्द्र ईलामका प्रमुख (सुपरिक्षक) केपी लुइटेल बताएका छन् । संस्थाका कर्मचारीहरुवाट ईलाम नगरका विभिन्न क्षेत्रमा कोरोना भाइरससँग सम्बन्धित सचेतना मूलक पोष्टर पम्प्लेटहरु समेत पुर्याउँने काम भएकाले नगरका हरेक टोलमा सचेतना जगाउँन थप सहयोग पुगेको विश्वास गरिएको छ ।

        सहयोग रकम ग्रहण गर्दै ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले विपतको यो घडीमा सहारा नेपालवाट विपन्न परिवारकालागि भएको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट संस्था परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख बस्नेतले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशन बिनासर्त पालना गर्न सम्पूर्ण नगरवासीहरुलाई अनुरोध समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते

    सहारा नेपाल साकोसको अध्यक्षमा खतिवडा निर्वाचित

    २०८३ आश्विन ११, आईतवार १४:३१ गते

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.