Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामुदायिक वनको फुटवलमा बहुवन र देउराली विजयी
    कनकाई खबर बिशेष

    सामुदायिक वनको फुटवलमा बहुवन र देउराली विजयी

    ramBy ram२०७५ आश्विन १४, आईतवार १४:१२ गते2 Mins Read

    कनकाई  \ प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा जारी झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिन आइतवारको पहिलो खेल बहु वन सामुदायिक वन मेचीनगर र शान्ती सामुदायिक वन अर्जुनधारा विच भएकोमा वहुवनका तर्फवाट २—0 गोल अन्तरले शान्ती सामुदायिक वनलाई पाखा लगाएको छ ।

    विजेता बहुवनका तर्फवाट दिपेश मगर र सुरज सुनुवारले १\१ गोल लगाएका थिए भने खेलको म्यान अफद म्याच शान्ती वनका बचन लिम्वू घोषित भएका छन् । त्यसैगरी दोस्रो खेल देउराली चारकोशे सामुदायिक वन घेरावारी र कालिका सामुदायिक वन मेची नगरका विच भएकोमा देउरालीका तर्फवाट ३—० को फराकिलो अन्तरले कालीका वनलाई पाखा लगाएको छ ।

    देउरालीका तर्फवाट सुमन लिम्वू, मनिष सेर्पा र विज्ञान लिम्वूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच देउरालीका फूलकुमार राजवंशी घोषीत भएको आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाले वताएका छन् ।
    सोमवारको खेल पाथिभारा सामुदायिक वन कचनकवल र चन्द्रगडी सामुदायिक वन विचमा पहिलो खेल हुने छ भने दोस्रो खेल हलुवागढ सामुदायिक वन अर्जुनधारा र सुन्दर निचाझोडा सामुदायिक वन विर्तामोड विच हुने आयोजक समितिका सदस्य डम्वर घिमिरेले वताएका छन् ।

    कनकाई नगरपालिकाको वडा नं. १ स्थित वन क्षेत्रको आफ्नै खेल मैदानमा शनिवारदेखी संचालन भएको प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वनहरुको सहभागिता रहेको जनाइएको छ । असोज ३० गते सम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने समितिका सदस्य घिमिरेले वताएका छन् । प्रतियोगितामा एन्फाका रेफ्री सन्तोष चौधरी खेलको मुख्य रेफ्रीका रुपमा रहेका छन् भने सहायक रेफ्रीहरु युवराज गिरी र नरेश लिम्वूले खेल संचालन गरीरहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.