Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाको विपत कोषमा शिक्षक महासंघको १ लाख ६३ हजार सहयोग
    आर्थिक

    झापा गाउँपालिकाको विपत कोषमा शिक्षक महासंघको १ लाख ६३ हजार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २८, शुक्रबार १०:१० गते3 Mins Read

    राम निरौला,

    कनकाई खबर / झापा गाउँपालिकाको कोरोना विपत कोषमा शिक्षक महासंघ झपा गाउँपालिकाको तर्फवाट १ लाख ६३ हजार ८ सय ६६ रुपैंया सहयोग प्राप्त भएको छ । शुक्रवार गाउँपालिका परिसरमा शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष जगन्नाथ राजवंशी, सचिव सम्साद आलम, डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ता लगायत अन्य विभिन्न विद्यालयका प्रधानाध्यापक साथै महासंघ पदाधिकारीसहितको उपस्थितीमा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना नागरिकलाई सहयोग गर्न २५ लाखको कोरोना विपत कोषको स्थापना गरेसँगै दाताहरुको सहयोग निरन्तर रुपमा अघि बढेको वताइएको छ ।

      गाउँपालिका क्षेत्रका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी गाउँपालिकाले एकद्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताहरुले गाउँपालिकालाई नगद तथा जिन्सी सहयोग गर्दै आएका छन् । संकटका बेला गाउँपालिकाले स्थापना गरेको कोषमा सम्पूर्ण संघ संस्था, उद्योगी व्यपारी, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीसमक्ष गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले सहयोगकालागि अनुरोध गरेका छन् ।

      रकम सहयोग गर्ने दाताहरुकालागि गाउँपालिकाले एनआईसी एशियाको झापा बजारमा रहेको शाखाबाट खोलीएको k2CA051251452406 नम्बरको खातामा रकम जम्मा गर्न सकिने जानकारी गराएको छ । गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्यक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यवस्थापन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिएका छन् ।

    झापा गाउँपालीकाको कोरोना प्रकोप राहत कोषमा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली सहितको राहत विवरण ः

    १.सुमन प्याकुरेल झापा गापा ६ बाट रु.५ हजार

    २.जीवन विकास लघुवित्त वित्तिय संस्थाबाट रु.४० हजार बराबरको खाद्यान्न

    ३.न्यू पाथिभरा वचत तथा ऋण सहकारी संस्थाबाट रु.११ हजार

    ४.सिम्रीक वचत तथा ऋण सहकारी संस्थाबाट रु.५० हजार

    ५.साहारा नेपाल साकोसबाटरु. १ लाख

    ६.कनकाई उद्योग वाणिज्य संघबाट रु.२१ हजार

    ७.कर्णाली वचत तथा ऋण सहकारी संस्थाबाट रु.५० हजार

    ८.अन्जु थपलिया, झापा गापा ६ बाट रु.१० हजार

    ९.राजु बस्नेत, झापा गापा ३ बाट रु.७ हजार ५ सय

    १०.शिव कुमार कडेल, झापा गापा ७, हाल कनकाई नगरपालिकाबाट रु.५ हजार १

    ११.लय शिवाकोटीबाट रु.५ हजार

    १२.कुमारमणि पोखरेलबाट रु.५ हजार

    १३.रुपा प्रसाई, कनकाई नगरपालीका, हाल काठमाण्डौबाट रु.५ हजार

    १४.लुथरन वर्लड फेडेरेसन र क्ल्व्म् बाट रु.२,१२,७८० बराबरको क्वारेन्टाइनका सामान उपलब्ध

    १५.चुडामणी कार्की, कनकाई नगरपालीका, हाल कतारबाट रु..२५ हजार

    १६.मोहम्मद तसिर शेख , झापा गापा ४ बाट.रु.२० हजार

    १७.उन्सब कृषि सहकारी संस्था कुमरखोदबाट रु.१० हजार

    १८.तारा सुब्बा , झापा गापा ६ बाट रु.१० हजार

    १९.नवोदय वहुउद्येश्यीय सहकारी संस्थाबाट रु.. १० हजार

    २०.झापा गाउँपालीकाका कर्मचारीहरुबाट रु..५५,४२८

    २१.शेर मोहम्मद मुल्वीबाट रु .२० हजार

    २२.साना किसान कृषि सहकारी संस्थाबाट रु.६१ हजार

    २३. नेपाल बहुउद्येश्यीय सहकारी संस्थावाट २० कुइन्टल चामल

    २४.पुस्पा प्रसाईं , झापा गापा ६ बाट रु. ५ हजार

    २५.रानी सामुदायिक वनबाट रु .२५ हजार

    २६.प्याब्सन झापा गाउँपालीकाबाट रु. ३० हजार

    २७.भानुभक्त कृषि सहकारी संस्था, झापा गापाबाट रु. ६५ हजार

    २८. लायन्स क्लब र लियो क्लब अफ कनकाई सुरुङ्गाबाट.२०० घरपरिवारलाई राहत सामग्री

    २९.मुखिया सुभासलाल गणेश, झापा गापा ३ बाट रु. ५,५५५

    ३०.राम जानकी कृषि सहकारी संस्थाबाट रु.१० हजार

    ३१.दिपेन्द्र कुमार मण्डल, जनकपुर हाल ललितपुरबाट रु.१० हजार

    ३२. नेपाल शिक्षक महासंघ झापा गाउँपालिका मार्फत गाउँपालिकाभित्रका सवै सामुदायिक  विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुवाट जम्मा रु.१लाख ६३ हजार ८ सय ६६

    ३३. मनोज खत्री, झापा गाउँपालिका २, चामल १५ सय केजी

    ३४. पतञ्जली योग समिति, झापा गाउँपालिकावाट २५० केजी नुन

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.