Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिका क्षेत्रका २०० विपन्नलाई लायन्सको सहयोग , ग्रहण गर्दै गाउँपालिका अध्यक्ष
    समाचार

    झापा गाउँपालिका क्षेत्रका २०० विपन्नलाई लायन्सको सहयोग , ग्रहण गर्दै गाउँपालिका अध्यक्ष

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २८, शुक्रबार ०३:५५ गते2 Mins Read

     

     

    कनकाई खबर  \  ‘हामी सेवा गर्छौ’   भन्ने मूल मन्त्रका साथ सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ कनकाई सुरुङ्गाले झापा गाउँपालिका क्षेत्रका २ सय विपन्न परिवारकालागि अतिआवश्यकीय खाद्य सामाग्री सहयोग गरेको छ ।

          विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि स्थानीय सरकार मार्फत लायन्स क्लव अफ कनकाई सुरुङ्गाले विपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरेको हो ।

        लायन्स र लियो क्लव अफ कनकाई सुरुङगाको अगुवाई साथै स्थानीय केहि सामाजिक व्यक्तित्वहरुको सहयोगमा संकलन भएको खाद्य सामाग्री गाउँपालिका मार्फत विपन्न परिवारलाई हस्तान्तरण गरिएको वताइएको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाको संयोजनमा संकलन भएको सामाग्रीकालागि सहयोग गर्ने दाताहरुमा चिमरीयासहित सामाजिक व्यक्तित्व विजय गजुरेल, बनबोरी राईस मिल सुरुङ्गा, तेजपाल अग्रवाल, सागर ओली, देवीप्रसाद ढुङ्गेल , खगेन्द्र महतो, अनन्त महतो, घनश्याम चौधरी रहेको वताइएको छ ।

        लायन्स क्लवले कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रका अति विपन्न ७ सय परिवारलाई खाद्य सामाग्री वितरण गर्ने योजनाअनुरुप पहिलो चरणमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको उपस्थितीमा गाउँपालिकाको वडा नं.१ स्थित मुस्लीम समुदायका २ सय परिवारलाई खाद्य सामाग्री वितरण गरिएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाले बताएका छन् । अब केही दिनभित्रै कनकाई नगरपालिकासँग समन्वय गरेर नगर क्षेत्रका अति विपन्न ५ सय परिवारलाई खाद्य सामाग्री वितरण गरिने योजना रहेको संस्थापक अध्यक्ष चिमरीयाले वताएका छन् । विपन्न परिवारकालागि पहिलो चरणमा १० हजार केजी चामल, ७ सय केजी दाल, ७ सय केजी नुन, ७ सयवटा साबुन लगायतका सामाग्री व्यवस्थापन गरिएको लायन्सका डिस्ट्रि ३२५ ए वान नेपाल अन्तरगत एरिया १ का एरिया चिप समेत रहेका चिमरीयाले जानकारी दिएका छन् । लायन्स क्लवले यस अघि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ ।

        स्थानीय सरकारका रुपमा रहेको झापा गाउँपालिकाले सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताहरुले गाउँपालिकाको मातहतमा रहेर नगद तथा जिन्सी सहयोग गर्दै आएको वताइएको छ । खाद्य सामाग्री हस्तान्तरण कार्यममा क्लवका अध्यक्ष गंगाराम दहाल, पूर्व अध्यक्ष रमेश खतिवडा, सचिव सञ्जय गजुरेल, कार्यक्रम संयोजक डिआर सुवेदी, लियो क्लवका संस्थापक अध्यक्ष पंकज खड्का लगायतको उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.