Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाको राहत कोषमा कर्मचारीहरुको ५५,४९८ सहयोग
    समाचार

    झापा गाउँपालिकाको राहत कोषमा कर्मचारीहरुको ५५,४९८ सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २५, मंगलवार १५:५९ गते2 Mins Read

     

     

    झापा गाउँपालिका  \  झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले ५५ हजार ४सय ९८ रुपैंयाँ सहयोग गरेका छन् ।

        विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भइरसको न्युनीकरणकालागि सरकारले गरेको लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुर र अतिविपन्न परिवारकालागि अतिआवश्यकीय खाद्य सामाग्री उपलव्ध गराउँने उद्येश्यले स्थापना गरेको कोषमा गाउँपालिकाका कर्मचारीहरुले सहयोग गरेका हुन् । गाउँपालिकामा कार्यरत ५२ जना कर्मचारीहरुले आआफ्नो तलववाट स्तरअनुसारको रकम संकलन गरेर गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई प्रदान गरेका हुन् ।

        कर्मचारीका तर्फबाट सहयोग रकम गाउँपालिकाको कार्यालयमै उपस्थित भएर प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला र लेखा अधिकृत लक्ष्मी खतिवडाले गाउँपालिकाका अध्यक्ष शाहलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणको समयमा कार्यालयका कर्मचारीहरु गौरब संग्रौला, अभिषेक दास, बाबुराम निरौला, दिपेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो । रकम हस्तान्तरण गर्दै गाउँबासीलाई यो विपदको घडीमा केही राहत होस् भनी कर्मचारीहरुले यस्तो सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

         सहयोग रकममा अधिकृत स्तरका कर्मचारीहरुले आफ्नो दुई दिनको तलब साथै सहायक स्तरका कर्मचारीहरुले एक दिनको तलब प्रदान गरेका हुन् । गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने गाउँपालिकाका गरिब तथा अति विपन्न परिवारलाई खाद्य सामाग्री वितरण कार्य सुरु भइसकेको वताइएको छ ।

         यस महाविपत्तीमा गाउँपालिकाको राहत कोषमा सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ संस्था, उद्योगी, व्यपारी, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीसमक्ष अनुरोध समेत गरेको छ । सहयोग रकम प्रदान गर्न सहज होस् भन्ने उद्येश्यले झापा गाउँपालिकाले एनआईसी एशियाको झापा बजारमा रहेको शाखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता संचालनमा रहेको वताएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.