काठमाण्डौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा गत ७ चैतमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts