Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य
    समाचार

    कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २४, सोमबार ०६:५५ गते4 Mins Read

     

    कनकाई खबर  \  सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर । वरिपरि मदिराका खाली बोतल । फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका छन् । बाहिरबाट हेर्दै अभावले घेरिएको मानिस बस्ने घर जस्तो देखिन्थ्यो ।

     यस्तो थियो राईको निवास, फायल फोटो (टोपी लगाउँने ठाकुरसिंह राई )

    झापाको कनकाई नगरपालिका ३, सुरुङ्गामा रहेको यही घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए ।  विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड(१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो ।

       तर, राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उनको झुपडीमा मानिसहरुको भिड जम्मा भइसकेको थियो । दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो । दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला परे ।

    प्रहरी नै चकित

       झापाका वन क्षेत्र चोरी, तस्करीका कारण पनि चर्चामा आउने गर्छन् । झन् बनकै छेउमा अपत्यारिलो व्यक्तिको घरमा ठूलो परिणाममा रकम भेटिएपछि प्रहरी पनि झस्कियो । नगरवासी आश्चर्यमा परे ।  इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको गरी ठाकुरसिंह राईको झुपडीबाट ९ लाख रुपैयाँ बरामद भएको थियो ।

       कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली र उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया समेतको रोहबरमा गणना गर्दा आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिएको लिम्बु बताउँछन् ।  ‘अहिलेको समयको चल्ने नोट चाहिँ ९ लाख हो, अरु जलेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘नम्बर चाहिँ देखिने भएकाले ती नोट पनि चल्छन् भन्ने हिसाबमा जम्मा १५ लाख हुन सक्ने अनुमान गरेका हौं ।’ त्यसो त राईले घरमा २४ लाख रुपैयाँ रहेको दाबी गरेका छन् ।

       धेरै नोटहरु जलेकाले उनको दाबी पुष्टि हुन सकेको छैन । घरमा कति रकम थियो भन्ने प्रहरी अनुसन्धानको अर्को पाटो होला । तर, प्रारम्भमा एउटा सामान्य मजदुरको घरभित्र गाडेको अवस्थामा रकम भेटिनु नै प्रहरी अनुसन्धानको विषय थियो ।  यही रहस्यको पर्दा उघ्रिनु अघि रकम बरामद गरेर राईलाई निगरानीमा राख्नुको विकल्प प्रहरीसँग थिएन । किनकी, राईलाई नियन्त्रणमा लिन पर्याप्त आधार थिएन । उनले बयानमा जे भने त्यो अविश्वास गरिहाल्ने कारण पनि थिएन ।

    सम्पत्ति व्यवस्थापन गर्न नजान्दा

       राईको घरमा त्यति धेरै पैसा कसरी आयो ? प्रारम्भमा अधिकांशले रकम अवैध हुनसक्ने आँकलन गरे । तर, अनुसन्धानका क्रममा राईले राखेको पैसाको स्रोत पुष्टि भइसकेको छ । र, यसको कथा बुझ्न ०४५ सालतिर फर्किनु पर्छ ।

        बाह्रदशीमा बस्दै आएका राई परिवारसँग झगडा भएपछि २०४५ सालमा सुकेडाँगी आएका थिए । त्यसको केही समयमै भारततिर हानिएका राई ०५४ सालमा दुई लाख रुपैयाँ लिएर तत्कालीन सुरुङ्गा गाविसमै फर्किए ।   त्यो पैसाले उनले हालको शिवसताक्षी नगरपालिका, झिलघिलेमा एक कठ्ठा ६ धुर जग्गा जोडे । सात वर्षपछि त्यो जग्गा १२ लाख ६० हजार रुपैयाँमा बेचे । ‘जग्गा बेचेर आएको पैसा मैले विभिन्न व्यक्तिलाई ब्याजमा पनि दिएँ’, राई भन्छन् ।

        हातमा पैसा भए पनि उनले कहिल्यै मजदुरी गर्न भने छाडेनन् । नाङ्लो र डोको बुन्ने, खुर्सानीको धुलो बनाउनेदेखि कवाडी संकलनसम्मको काममा उनी पोख्त छन् । कनकाई नदीको तटबाट पानी र रेडबुलका बोतलहरुसमेत संकलन गरेर आम्दानी गरेको उनी बताउँछन् ।   यसरी संकलित रकम राईले अहिलेसम्म घरभित्रै राख्दै आएको खुलेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘पैसा कमाए पनि उनले व्यवस्थापन गर्न जानेनन् । एक्लो ज्यान जति कमाए, सबै घरमा थन्क्याउँदै राखे ।’

       प्रारम्भमा उनको बयानलाई विश्वास गर्न मिल्ने केही आधार भेटिए पनि प्रहरीले शंका गर्न छाडेको थिएन । तर, जब उनीबाट ऋण लिएका बाह्रदशी र शिवगञ्जका व्यक्तिहरुसँग प्रहरीले सम्पर्क र्गयो, तब राईका बयानहरु थप पुष्टि हुँदै गए ।  फेरि बरामद रकम मिलाएर नराखिनुले पनि उनको बयानलाई बलियो बनायो । त्यति मात्र होइन, अधिकांश पैसामा राजाका तस्वीर थिए । लोकतन्त्रपछि चलनचल्तीमा रहेका नोट कम हुनुले पनि उनले पहिल्यैदेखि ती रकम जम्मा गरेर राखेको हुनसक्ने देखिएको छ ।  nयद्यपि, प्रहरीले यो प्रकरणमा अनुसन्धान सकिसकेको भने छैन । अहिलेसम्म आगलागीको कारण पनि स्पष्ट भइसकेको छैन ।  अनलाइन खबरवाट गौरव पोखरेलको रिपोर्ट –

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.