Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » देशभरको उकृष्ट बन्यो सतासीधाम जेसीज
    राष्ट्रिय

    देशभरको उकृष्ट बन्यो सतासीधाम जेसीज

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २३, आईतवार १६:५८ गते3 Mins Read

     

    कनकाई खबर  \  सतासीधाम जेसीज, नेपाल जेसीजको देशभर रहेका १५६ शाखा मध्ये उकृष्ट शाखा बन्न सफल भएको छ ।

     

       स्थापनाको ८ औं वर्षको अवधिमा पहिलो पटक देशभरकै उकृष्ट शाखा बन्न सफल भएको हो । यस अघि सतासीधाम जेसीज कुनै वर्ष पनि वर्गीकरणमा पर्न सकेको थिएन । यसरी पहिलो पटक वर्गीकरणमा परेर पहिलो उकृष्ट शाखा बन्न सफल भएको सतासीधाम जेसीजले वर्ष २०२० को ३ महिनाको अवधीमा शाखाको वेवसाइट निर्माण, वार्षिक कार्ययोजना बुलेटिन पुस्तिका प्रकाशन लगायत विभिन्न २५ वटा कार्यक्रमहरु संचालन गरी सकेको सतासीधामा जेसीजका अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु) ले बताएका छन् ।

         विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस(कोभिड–१९) संक्रमण प्रकोप सम्बन्धी विभिन्न ठाउँमा मास्क वितरण, सडक नाटक जस्ता जनचेतनामुलक कार्यक्रमहरु सतासीधाम जेसीजले सम्पन्न गरिसकेको छ । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. ११ मा अवस्थित झरना प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापन, विभिन्न स्थानमा अति विपन्न तथा असहाय घरपरिवारलाई खाद्यन्न वितरण समेत गर्दै आएको सतासीधाम जेसीजका अध्यक्ष साँवाले वताएका छन् ।

           जेसीजले स्थानीय सरकार साथै विभिन्न संघसंस्थाहरुसँग सहकार्य तथा समन्वय गर्दै तरकारी संकलन तथा सुपथ मूल्यमा विक्री केन्द्र संचालन साथै जनचेनामूलक भिडियो तयार गरी प्रसारण समेत गरिसकेको वताइएको छ । सतासीधाम जेसीजले गरेको यिनै विविध कार्यहरुको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसीज राष्ट्रिय अध्यक्ष अशोक शंकर र महासचिव टेकराज रेग्मीद्रारा हस्ताक्षरीत हार्दिक धन्यवाद ज्ञापन बुलेटिन विज्ञप्तिमा सतासीधाम जेसीजलाई पहिलो उकृष्ट शाखाका रुपमा कार्य विवरण सहित उल्लेख गरेको अध्यक्ष साँवाले जानकारी दिएका छन् । नेपाल जेसीजवाट भएको यो मुल्यांकनले सामाजिक क्षेत्रमा अझै सक्रिय भएर अघि बढ्ने प्रेरणा मिलेको सतासीधाम जेसीजका अध्यक्ष सावाँले वताएका छन् ।

     ं      १८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकास साथै उद्यमशीलताको विकास गर्ने गराउने ध्येयले अन्तराष्ट्रिय स्तरको विशुद्ध सामाजिक संस्था जेसीज, शिवसताक्षीमा वि.स.२०६९ अर्थात सन् २०१२ मा सुरुङ्गा जेसीजको मातृत्वमा जेसी कृष्ण पोख्रेलको अध्यक्षतामा साविक सतासीधाम गाविसमा स्थापना भएको हो ।
    सतासीधाम जेसीजले ८ औं वर्षको अविरल दौडानमा थुप्रै युवा नेतृत्व र उद्यमीहरु जन्माउँदै आएको छ । त्यसको साथै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिका क्षेत्रका युवाहरुलाई समेटेर साझा संस्थाको रुपमा स्थापित हुनकालागि छुट्टै चिनारी समेत बनाउँदै आएको स्थानीयवासी बताउँछन् ।

       सतासीधाम जेसीज वर्ष २०२० लाई सार्थक तथा सफल बनाउन नेपाल जेसीज वर्ष २०२० तथा राष्ट्रिय अध्यक्ष प्रकरण “परिवार, साथी र भविष्य” लाई आत्मासाथ गर्दै अघि बढेको वताइएको छ । “व्यक्तित्व, नेतृत्व तथा उद्यमशीलताको विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रकरण तथा अभियानलाई सार्थक बनाउँन सतासीधाम जेसीजका संस्थापक अध्यक्ष सहित पूर्वअध्यक्ष ज्यूहरु र वर्तमान कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको जेसीज अध्यक्ष सावाँले वताएका छन् । जेसीजको चार क्षेत्र(व्यक्तिगत, सामुदायिक, व्यवसायिक र अन्तरराष्ट्रिय) अन्तरगत दिगो विकासका १७ सुचाङ्कहरुलाई बल पुग्ने गरी वार्षिक कार्ययोजना अनुसार वर्षभरि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै जाने सतासीधाम जेसीज अध्यक्ष साँबाले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.