Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालको निरन्तर सहयोग (भिडियो सहित)
    भिडियो

    सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालको निरन्तर सहयोग (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २३, आईतवार ०४:५२ गते2 Mins Read

       कनकाई खबर /कोरोना भाइरसको आशंकामा सहारा नेपाल(साकोस) ले आफ्नो सेवा क्षेत्रमा रहेका विभिन्न क्वारेन्टाइनमा खाद्य सामाग्री वितरण गर्ने क्रममा शनिवार कनकाई नगरमा अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरेको छ ।

       कनकाई नगरको वडा नं.३ स्थित कनकाई माविमा रहेको क्वारेन्टाइनमा बसेका १५ जनालाई सहारा नेपाल(साकोस)ले १५दिनकालागि पुग्ने खाद्य सामाग्री वितरण गरेको हो । संस्थाले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, मुरै, दालमोड, चना, मटर, भुजिया लगायतका सामाग्री वितरण गरेको सहारा नेपाल (साकोस)का कर्मचारी (सुपरिक्षक) केपी लुइटेलले वताएका छन् ।

      खाद्य सामाग्री वितरण कार्यक्रममा संस्थाका वरिष्ठ प्रवन्धक राजकुमार दर्नाल, वरिष्ठ सहायक प्रवन्धक पवन मण्डल, लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारती, संस्थाका ऋण समिति सदस्य निर्मल घिमिरे, सुपरीक्षक केपी लुइटेलसहितको टोली क्वारेन्टाइन स्थलमै गएर सम्वन्धित वडाका अध्यक्ष रुद्रप्रसाद चिमरीया र नगरस्तरीय क्वारेन्टाइन व्यवस्थापक कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीलाई खाद्य सामाग्री हस्तान्तरण गरेको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा कनकाई नगरका प्रवक्ता एवम् वडा नं.४का वडाअध्यक्ष गोविन्द पौडेल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, कृष्णमाया भुजेल, वडासदस्यहरु छवि थपलिया, युवराज चम्लगाईँ, सुष्मा परियार, नेपाली कांग्रेस वडा सभापति यदु अधिकारी लगायतको उपस्थिती रहेको वताइएको छ ।

       संस्थाका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत आफ्नो सेवा क्षेत्र प्रदेश नं. १ का ६ वटा जिल्लाका क्वारेन्टाइनमा क्रमिक रुपले संस्थाले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपाल(साकोस)का कार्यकारी प्रमुख महेन्द्र गिरीले वताएका छन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले मुलुकभरी नै लकडाउन गरेको अवस्थामा शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिरहेको वर्तमान असहज परिस्थितीमा सहारा नेपालले सरकारलाई सहयोग पुर्याउँने उद्येश्यका साथ खाद्य सामाग्री वितरणको कार्यलाई तिव्रताका साथ अघि बढाएको संस्थाका कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् ।

     

     “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ सहारा नेपाल साकोसका कर्मचारी साथै स्थानीय सहयोग समितिका पदाधिकारीहरु क्वारेन्टाइन स्थलमा नै गएर सामाग्री वितरणमा क्रियाशिल रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.