Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको विपत कोषमा फ्रेण्डस ग्रुपको ३६ हजार सहयोग
    आर्थिक

    कनकाईको विपत कोषमा फ्रेण्डस ग्रुपको ३६ हजार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २२, शनिबार १४:३८ गते2 Mins Read

    कनकाई खबर / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहत दिने उद्येश्यले कनकाई नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा फ्रेण्डस ग्रुप नेपाली मञ्च नेपालले ३६ हजार रुपैंयाँ सहयोग गरेको छ । सामाजिक गतिविधि गर्ने उद्येश्यका साथ केही वर्षअघि मात्र विभिन्न क्षेत्रमा क्रियाशिल रहेका युवाहरु संगठित भएर स्थापना भएको संस्थाले कोरोनाको लकडाउनका कारण विहान बेलुकाको छाक टार्न नै धौ धौ पर्न थालेका अति विपन्न परिवारलाई खाद्य सामाग्री उपलव्ध गराउँने उद्येश्यका साथ नगरले स्थापना गरेको कोषमा जम्मा हुने गरी फ्रेण्डस ग्रुपले रकम हस्तान्तरण गरेको हो ।

       फ्रेण्डस ग्रुपका अध्यक्ष गंगावहादुर तामाङ्, सचिव गोविन्द सुवेदी सदस्यहरु तारा सुव्वा, नेत्रप्रसाद मिश्र, महेन्द्र पराजुली, रविन्द्र लम्सालसहितको टोली नगरपालिकाको कार्यालयमा आएर नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई रकम हस्तान्तरण गरेका हुन् । कोरोना विरुद्धको सचेतनामूलक अभियानमा स्थानीय सरकारसँग सहकार्य गर्दैआएको फ्रेण्डस ग्रुपले कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा संस्थाका १६ जना पदाधिकारी तथा सदस्यहरुवाट संकलन गरेको रकम कनकाई नगरको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरी नगर प्रमुख पोखरेललाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष गंगावहादुर तामाङ्ले वताएका छन् । संस्थाका तर्फवाट रकम संकलन गर्ने पदाधिकारी तथा सदस्यहरुमा पदम शिवाकोटी, विजय तामाङ्, गोविन्द सुवेदी, सन्तोष घतानी, पुष्प घतानी, शंखरमसी गोर्खा, विक्रम सुव्वा, कुमार भण्डारी, तारा सुव्वा, उदय श्रेष्ठ, मोहन बजगाईँ, होमनाथ उप्रेती, सन्तोष नेपाली, नेत्रप्रसाद मिश्र, खगेन्द्र निरौला र पदम तामाङ् रहेका छन् ।

      स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी विपत व्यवस्थापन कोषको माध्यमवाट एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि फ्रेण्डस ग्रुपले नगरपालिकाले खडा गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको ग्रुपका सचिव गोविन्द सुवेदीले वताएका छन् । विपतको यो अवस्थामा सचेतना अपनाउँदै कोरोना विरुद्धको अभियानमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न फ्रेण्डस ग्रुपले सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिकताका साथ अनुरोध गरेको छ ।
    कनकाई नगरपालिकाले नगरको ३० लाख र जनप्रतिनिधी साथै कर्मचारीहरुको ५ लाख गरी ३५ लाखको विपत व्यवस्थापन कोष खडा गरेर विपन्न परिवारलाई अतिआवश्यकीय सामाग्री वितरणको कार्यलाई अघि बढाएको हो । कोषमा स्वदेश तथा विदेशवाट समेत सहयोग संकलन भइरहेको कनकाई नगरपालिकाले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.