Most Viewed

Categories

नगरस्तरीय विपत कोषमा सुरुङ्गा जेसीजको ५१ हजार सहयोग ( चैत २१ गते सम्मको नगरको डाटासहित )

 

राम निरौला ,

कनकाई खबर  \  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहत दिने उद्येश्यले कनकाई नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा सुरुङ्गा जेसीजले ५१हजार रुपैंयाँ सहयोग गरेको छ ।

‘मनवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने अभियानका साथ मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा रहेको सुरुङ्गा जेसीजले सवै क्रियाशिल सामाजिक संघसंस्थाहरुलाई वर्तमान असहज परिस्थितीमा मानव सेवामा लाग्न अपिल समेत गरेको छ । कोरोना विरुद्धको सचेतनामूलक अभियानमा स्थानीय सरकारसँग सहकार्य गर्दैआएको सुरुङ्गा जेसीजले वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेती, पुर्व अध्यक्ष जविन तिम्सिना लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा सहयोग रकम कनकाई नगरको विपत व्यवस्थापन कोषमा जम्मा गरिएको वताइएको छ ।

स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी विपत व्यवस्थापन कोषको माध्यमवाट एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि सुरुङ्गा जेसीजले नगरपालिकाले खडा गरेको कोषमा सहयोग रकम हस्तान्तरण गरेको जेसीजका अध्यक्ष त्रिलोचन उप्रेतीले वताएका छन् । विपतको यो अवस्थामा सचेतना अपनाउँदै कोरोना विरुद्धको अभियानमा सरकारसँग हातेमालो गर्दै अघि बढ्न सुरुङ्गा जेसीजले सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिकताका साथ अपिल गरेको छ ।

कनकाई नगरपालिकाले नगरको ३० लाख र जनप्रतिनिधी साथै कर्मचारीहरुको ५ लाख गरी ३५ लाखको विपत व्यवस्थापन कोष खडा गरेर विपन्न परिवारलाई अतिआवश्यकीय सामाग्री वितरणको कार्यलाई अघि बढाएको हो । कोषमा स्वदेश तथा विदेशवाट समेत सहयोग संकलन भइरहेको कनकाई नगरपालिकाले जनाएको छ ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*

    Forgot Password

    Holler Box