Header Ad Header Ad Header Ad Header Ad

Most Viewed

Categories

Header Ad

सेवा क्षेत्रका क्वारेन्टाइनमा साहारा नेपालको सहयोग

 

कनकाई खबर  \  कोरोना भाइरसको आशंकामा सहारा नेपाल(साकोस) ले आफ्नो सेवा क्षेत्रमा रहेका विभिन्न क्वारेन्टाइनमा खाद्य सामाग्री वितरण गर्ने क्रममा शुक्रवार मेची नगरमा अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरेको छ ।

   मेची नगरको वडा नं.२ बाहुन्डाँगीस्थित मेची जागरण सामुदायिक माविमा रहेको क्वारेन्टाइनमा बसेका ३९ जनालाई सहारा नेपालले १५दिनकालागि पुग्ने खाद्य सामाग्री वितरण गरेको हो । संस्थाले अतिआवश्यकीय खाद्य सामाग्री दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, मुरै, दालमोड, चना, मटर, भुजिया लगायतका सामाग्री वितरण गरेको सहारा नेपाल(साकोस)का कर्मचारी (सुपरिक्षक) केपी लुइटेलले वताएका छन् । खाद्य सामाग्री वितरण कार्यक्रममा संस्थाका वरिष्ठ प्रवन्धकद्वय मुकुन्दसेन कार्की र रामनारायण प्रधान , मेची नगर विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रान्ती, सम्वन्धित वडाका प्रतिनिधी शुरेस घिमिरे र बेनु मगर लगायतको उपस्थिती रहेको साकोसका कर्मचारी लुइटेलले जानकारी दिए ।

    संस्थाका कर्मचारीहरु सवैले एक दिन बराबरको आफ्नो पारिश्रमिक जम्मा गरेर स्थापना गरेको सहारा कर्मचारी मानवीय सहायता कोष मार्फत आफ्नो सेवा क्षेत्र प्रदेश नं. १ का ६ वटा जिल्लाका क्वारेन्टाइनमा क्रमिक रुपले संस्थाले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपाल(साकोस)का कार्यकारी प्रमुख महेन्द्र गिरीले वताएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकारले मुलुकभरी नै लकडाउन गरेको अवस्थामा शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिरहेको वर्तमान असहज परिस्थितीमा सहारा नेपालले सरकारलाई सहयोग पुर्याउँने उद्येश्यका साथ खाद्य सामाग्री वितरणको कार्यलाई तिव्रताका साथ अघि बढाएको संस्थाका कार्यकारी प्रमुख गिरीले जानकारी दिएका छन् ।

    “कोरोना भाइरस संक्रमणको बेला नगुमाउँ है होस् , अग्रसर छौं हामी सहारा नेपाल साकोस कर्मचारी मानवीय सहायता कोष” भन्ने मूल नाराका साथ सहारा नेपाल साकोसका कर्मचारी साथै स्थानीय सहयोग समितिका पदाधिकारीहरु क्वारेन्टाइन स्थलमा नै गएर सामाग्री वितरणमा क्रियाशिल रहेको वताइएको छ ।

Facebook Comments Box

    Leave Your Comment

    Your email address will not be published.*

    Header Ad