Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ७ मा खाद्य सामाग्री वितरण (भिडियो सहित)
    भिडियो

    कनकाई ७ मा खाद्य सामाग्री वितरण (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७६ चैत्र २१, शुक्रबार १४:५५ गते2 Mins Read

    कनकाई खबर /हाल दोहा कतारमा रहेका झापाको डाँगीवारी निवासी महेन्द्र चम्लगाईँ र उनकी श्रीमति कञ्चन ओली चम्लगाईँले कनकाई नगरपालिका वडा नं. ७ मा रहेका १ सय ७ परिवारकालागि उलव्ध गराएको अतिआवश्यकीय खाद्यसामाग्री वितरण गरिएको छ ।

     

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको न्युनिकरणकालागि सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई विहान बेलुकाको छाक टार्न नै समस्या हुने अवस्था आएपछि चम्लगाईँ परिवारले खाद्य सामाग्री उपलव्ध गराएका हुन् । नेपाल कतार व्यवसायी संघको अध्यक्ष समेत रहेका चम्लगाईँ विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल छन् । लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा दोहा कतारमा रहेका चम्लगाईँले यस अघि विभिन्न समयमा आएका प्राकृतिक विपत्तीमा समेत आफ्नो नेपाली भूमिमा महत्वपूर्ण सहयोग गर्दै आएको वताइएको छ ।

      सहयोग सामाग्री हस्तान्तरण गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले विपतको यो घडीमा दाता चम्लगाईँवाट विपन्न परिवारकालागि भएको खाद्य सामाग्रीको सहयोग ज्यादै महत्वपूर्ण भएको भन्दै स्थानीय सरकारका तर्फवाट दाता परिवारको पवित्र कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विश्वभरी नै कोरोनाको महामारी फैलिएको वर्तमान अवस्थामा नेपालमा यसको न्युनिकरणकालागि सरकारले जारी गरेको निर्देशन विनाशर्त पालना गर्न सम्पूर्ण नगरवासीहरुलाई अनुरोध गरेका छन् ।

    वर्तमान अवस्थामा देखा परेको विपतीमा समेत झापाका विभिन्न क्षेत्रमा राहत सामाग्रीको सहयोग गर्दै आएका चम्लगाईँ परिवारले उलव्ध गराएको खाद्य सामाग्री सुक्रवार उनीहरुका आफन्त सागर ओली र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरको वडा नं. ७ का विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले नगरका सवै वडा र टोलमा रहेका अतिविपन्न परिवारको सुक्ष्म रुपमा अध्ययन गरी एक द्वार प्रणालीका आधारमा खाद्य सामाग्री वितरण गर्ने निती लिएपछि दाताले नगरपालिकाको मातहतमा रहेर खाद्य सामाग्री वितरण गरेको वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाले वताएका छन् ।

       दाता चम्लगाईँले उपलव्ध गराएको नगद रु.९३ हजार ४ सय २८ रुपैंयासहित वडा समितिको विपद व्यवस्थापन कोषको रकम समेत गरी वडामा रहेका विपन्न परिवारलाई चामल, दाल, नुन, तेल, सव्जी लगायतका खाद्य सामाग्री वितरण गरीएको वडाअध्यक्ष कन्दङ्वाले जानकारी दिएका छन् ।वडा नं. ७ मा रहेका ११ वटै टोलमा वडाअध्यक्ष कन्दङ्वासहित जिल्ला समन्वय समिति झापाका सदस्य माराङ् हास्दा, वडा सदस्यहरु प्रकाश शिवाकोटी, गीता चौहान, नेकपा वडाअध्यक्ष देवीप्रसाद भट्टराई, नेपाली कांग्रेसका वडासभापति ईश्वरीप्रसाद शिवाकोटी, पत्रकार राम निरौला, टोल विकास संस्थाका पदाधिकारीहरु सहितको उपस्थितीमा खाद्य सामाग्री वितरण गरिएको हो ।

    समाचारमा भएको भिडियो कनकाई खबरको युटुब च्यानलमा पनि हेर्न सकिने छ  ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.