Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “कनकाईलाई समृद्ध नगर बनाउँन सहकार्य आवश्यक ”
    अन्तरवार्ता

    “कनकाईलाई समृद्ध नगर बनाउँन सहकार्य आवश्यक ”

    ramBy ram२०७५ आश्विन १३, शनिबार १६:०४ गते7 Mins Read

    एक सक्रिय सामाजिक अभियन्ता, निडर र आफ्ना विचारलाई सवै सामु स्पष्ट रुपमा राख्न रुचाउँने झापा कनकाई नगरपालिका वडा नं.६ का स्थायीवासी साथै सोही वडामा नेपाली कांग्रेसवाट निर्वाचित भएका वडाअध्यक्ष श्री लक्ष्मीप्रसाद ओलीसँग विकास निर्माण लगायत विभिन्न विषयमा कनकाई खबर डटकमका लागि राम निरौलाले गरेको कुराकानीको सार संक्षेप ;

    जनप्रतिनिधिको जिम्मेवारी कस्तो रहेको छ ?

          जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि मुलक प्रतिनिधित्व हो । नेपाल सरकारले तोकेको स्थानीय सरकार सन्चालन ऐन,२०७४ ले वडाबाट गरिने सिफारिस ,प्रमाणित गर्ने भनी तोकी दिएका कार्य र साना तिना अन्य सिफारिस गरिरहेको छु ।जनप्रतिनिधि हुँदा मैले र मेरा वडा समितिका सदस्यहरुले पूर्ण उत्तरदायी , पारदर्शी रुपमा आ—आफ्नो जिम्मेवारी सम्हालेका छौं । जनप्रतिनिधिको नाताले मैले गर्ने कार्य जिम्मेवारी पूर्ण निष्ठा, ईमान्दारीताका साथ जिम्मेवारी सम्हाली रहेको छु । यसवाट आँफू सन्तुष्ट रहेको छु ।
    जनप्रतिनिधि हुँदा र सर्वसाधारण हुँदाको अवस्थामा के फरक पाउँनु भयो ?
    यो विषय मुल्याङ्कन, अनुभव ,अनुभुती गर्ने विषयको जिम्मेवार पक्ष स्थानीयवासी पनि हुन् भन्ने मलाई लागेको छ । त्यस मध्येमा पनि कार्य गर्ने जिम्मेवारी सरकारले तोकेका बाहेक अन्य विषयका आधारमा तुलना गर्ने हो भने खासै फरक देखिदैन । आखिर सर्वसाधारण जनताको मतबाट निर्वाचित जनप्रतिनिधि मध्येको एक पात्र भएको हुँदा फरक देखाउँन खोज्नु आवश्यक ठान्दिनँ । फरक भयो वा भएन , छ वा छैन जनताले अर्थात सेवाग्राहीले अनुभव गर्ने विषय हो । यति चैं हो कि सर्वसाधारण भन्दा पनि जनप्रतिनिधी हुँदाको अवस्थाले पक्कै पनि अलिक धेरै जिम्मेवारी चाहिँ वोध हुँदो रहेछ ।
    वर्तमान समयमा विकास निर्माणको अवस्था कुन रुपमा अघि बढ्दैछ त ?
    विकास निर्माण आम उपभोक्ता साथै सवै राजनैतिक दल ,संघ,संस्था ,समूह र वडावासी सवैको सहयोग ,सद्भाव र आम जनतासँग प्रत्यक्ष सहकार्य गरी विकास निर्माणका कार्यहरु एकिकृत रुपमा अघि बढाइ रहेको छु । साथै बढाइ रहने प्रतिवद्वता ब्यक्त गर्दछु । यस कार्यमा वडा समिति पूर्ण रुपमा लागी परिरेहको छ । निस्वार्थ ढङ्गले जनताको सेवामा अघि वढेको हुँदा यस कार्यमा सवैको सद्भाव सहयोग पाइरहने आशा एवम् विश्वास लिएको छु ।
    निर्वाचनमा गरेको प्रतिवद्ता पुरा हुँदैछन् त ?
    निर्वाचनमा प्रतिवद्ता व्यक्त गरेको विषय पुरा गर्नलाई नै निर्वाचित भएको हुँदा उक्त प्रतिवद्ता पुरा हुने र गर्नका लागि सँधै प्रयत्नशील रहने छु । केन्द्र ,संघ ,प्रदेशबाट हुने कार्य बाहेक स्थानीय स्तरबाट गरिने र हुने सवै योजनाहरुलाई सिमित बजेटवाट पूर्ण सदुपयोग गर्दै ,निर्वाचनको समयमा व्यक्त गरेका मौखिक र लिखित प्रतिवद्ताहरु पुरा हुनेमा र गर्ने विषयमा पुर्ण प्रतिबद् रहेको छु । केही पुरा हुँदैछन् भने केही हुने तर्फ अघि वढिरहेका छन् ।
    कनकाईलाई सम्वृद्ध नगर बनाउँन तपाईको भुमीका के रहन्छ ?
    कनकाई नगरलाई सम्वृद्ध नगर बनाउँने नारा मात्र नभई यस नगरलाई नमुना नगर बनाउँन प्रयत्नशील रहने ,नगरलाई साँच्चैको फरक र नमुना नगर बनाउँन संकीर्ण सोच,प्रतिशोध ,नराखी योजनाको प्राथमिकीकरण पारदर्शिता ,अनुगमन ,समय सीमा भित्र ,ऐन कानुनको पुर्ण पालना ,जिम्मेवारीलाई पालना गर्दै कार्य क्षेत्रमा नै परिवर्तनको महशुुस हुने खालको विकास निर्माणको कार्य गरि यस नगरलाई अन्य नगर भन्दा फरक र नमुना नगर बनाउँने कार्यमा आवश्यक परेका सहयोग सहकार्य गर्न मेरो ज्ञान,शीप ,विवेक र क्षमताले भ्याए सम्म यस नगरलाई समृद्ध नगर बनाउँन मुख्य भुमीकामा नरहे पनि सँधै प्रयत्नशील र लगनशील रहने प्रतिवद्धता व्यक्त गर्दछु ।
    जनताको मुख्य समस्या के कस्ता रहेछन् त ?
    मैले प्रतिनिधित्व गरेको वडा नं ६ को मुख्य मुख्य समस्याहरु यस प्रकार रहेका छन् ;
    १.अव्यवस्थित बसोबास
    २. ढल निकासको अभाव
    ३.शहरी स्वास्थ्य केन्द्रको अभाव
    ४. बेरोजगारी
    ५. कृषिलाई आधुनिकिकरण नगर्नु
    ६.शिक्षाको सुधार (सरकारी विधालयमा)
    ७.गरिवि
    ८. जन्मको नागरिकता भएका सन्तानले नागरिकता नपाउँने
    ९. पर्यटन प्रवद्र्धन र संरक्षणको अभाव
    १०. मुख्य सडक कालो पत्रे नहुनु , पुल नहुनु
    ११. स्वास्थ्य विमा सेवा प्रभावकारी नभएको
    १२. जनचेतनाको अभाव
    १३.बाटो घाटो मर्मत सम्भार समयमा नहुनु
    १४.रोजगार र आय आर्जन हुने योजनाको न्युन बजेटका कारण समस्या
    १५.योजनाको प्राथमीकरण नहुनु
    १६.संस्थागत सहयोगलाई प्रोत्साहनको अभाव
    यी माथी उल्लेख भएका समस्याहरु वडा स्तर ,नगर स्तरमा रहेका छन् भने केही ठूला योजना संघ र प्रदेश स्तरमा माग गर्नुपर्ने अवस्थामा रहेका छन् ।

    तपाईले वडाको नेतृत्व सम्हाले यताका हालसम्मको अवधिमा भएका महत्वपूर्ण कामहरु के कस्ता छन् ?
    पुर्वाधार अन्तर्गत वडा भित्रका बाटो घाटो ग्रावेल गर्ने कार्य भएको छ , छोरी पढाऊ, वढाऊ कार्यक्रम लागु गरेका छौं ,. ६० वर्ष माथिका एकल पुरुषलाई समेत वृत्ति विकास कार्यक्रम राखेका छौं , ३५ दिन भित्र जन्मदर्ता गर्नेलाई रु ५०० बराबरको उपहार कार्यक्रम लागु गरीएको छ , वडामा १३ वटा कृषि समूह दर्ता भएका जस मध्ये महिलाको ११ वटा र पुरुषको २ वटा,. टोल विकास संस्था हाललाई ६ वटा दर्ता भएका ,. बाल पुस्ताकालय (नवचेतना बाल क्लव, कजवे –३ वटा, .स्लेप कलवर्ट –१ वटा, .स्मृति वाटिका, जेष्ठ.नागरिक चौतारो निर्माण १ (प्रस्तावित थप २ वटा ), नदीमा तटवन्धन, जेष्ठ नागरीक र गरिव असल छोरी बुहारी सम्मान ,धार्मिक यात्रा, टोल स्तरीय फुटवल, टोल सरसफाई र बाटो किनार सरसफाई कार्यक्रम, वृक्षरोपण, सुर्तिजन्य र लागु औषधी दुव्र्यसनी सम्बन्धी जनचेतना कार्यक्रम, संस्थागत सहयोग ,मठ मन्दिर ,चर्चलाई, लक्षीत वर्गको कार्यक्रम संचालन (महिला ,एकल महिला, दलित), बाल शिक्षामा टेलीभिजन खरिद, सामाजिक सुरक्षा ,भत्ता आ.व. ०७५।७६ बाट वंैकिङ् प्रणालीबाट वितरण हुने , बाढी पिढीतलाई राहत, पूर्ण अपाङ्गता भएकालाई कपडा झुल वितरण , कृषिलाई प्रवद्र्धन गर्न, विउ विजन वितरण, कृषि चुन वितरण, माटो परिक्षण शिवीर संचालन आदि, टोलविकास मार्फत डष्टविन वितरण , विद्युत विस्तार हुने क्रममा छ , विपन्न तथा अद्भुत रोग लागेकालाई विमा निःशुल्क गर्ने कार्यक्रम लागु , घर नम्बर वितरण साथै तथ्याङ्क संकलन , खुल्ला दिसा मुक्त वडा घोषणा , बाटोको र चौकको नामाकारण गरी होर्डिङ् वोर्ड राखीएको , वाटामा ह्युम पाईप वितरण लगायत रहेका छन् ।
    विकास निर्माण लगायत विविध पक्षमा नगरको नेतृत्वसंगको तालमेलको अवस्था के कस्ता रहेका छन् ?
    कनकाई नगरको नेतृत्वसँगको तालमेलको अवस्थाको बारेमा वेमेल चैं नरहेको तर सिकाइको क्रममा भएको हुँदा तालमेल चै केही नमिलेको हो कि भन्ने लाग्छ । विकास निर्माण गर्ने क्रममा नगरसँग सहकार्य गरी कार्य अघिबढी रहेको छ । नगरमा रहेको बजेटलाई प्राथमीकीकरण गर्ने क्रममा विगतमा जस्तै यस आ.व.मा केही कमी रहेको छ

         पिछाडीएको बाटो घाटो नभएको वडालाई पहिलो प्राथमिकता दिनु पर्ने र कालो पत्रे सडक बनाउँन ५०\५० को साझेदारी मा काम हुनु पर्ने भए पनि वडामा विपन्न परिवारको वसोवास धेरै भएको हुँदा उक्त योजना बाट बन्चित हुनुपरेको तीतो यथार्थ छ । फरक राजनैतिक दलबाट थोरै प्रतिनिधीत्व भएता पनि सुझाव सल्लाह दिनेमा भने पछि नपरेको तर सकारात्मक विचारलाई सम्मान गर्ने परम्पराको विकास गर्नु पर्ने खाँचो रहेको छ । नगर र वडा विचको मेललाई अझ प्रभावकारी बनाउँदै यस नगरलाई समृद्ध नगर बनाउँने कार्यमा सँधै सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता समेत राख्न चाहान्छु । कार्य योजनाको समय सीमा, योजनाको अनुगमन पारदर्शितालाई अझै प्रभावकारी बनाउँन प्रयत्नशील रहने छु ।

         आगामी दिनमा नगर र वडा विचको सम्बन्धलाई सुदृढ बनाउँदै योजना छनौट प्राथमिकीकरण र बजेट सिमाका विषयमा व्यापक छलफल गरी नगर सभालाई व्यवस्थित र मर्यादित बनाउँदै सबैको साझा विचारलाई सम्मान गरी नगरको विकाश निर्माणमा सहयोगीको भुमिका निर्वाह गर्न पछि नपर्ने समेत दृढ विश्वास दिलाउँन चाहन्छु । सवैको विचारको सम्मान भन्ने मूल अभिप्रायका साथ सवैको साथ सहयोग बाट यस नगरलाई उत्कृष्ट नगर बनाउँन सँधै प्रयत्नशील रहने छु । यस कार्यमा सहयोग गर्नुहुने जनप्रतिनीधी, कर्मचारी सवैमा धन्यवाद समेत दिन चाहन्छु ।

    अन्त्यमा केही भन्नु छ कि ?
    सर्वप्रथम त एक जनप्रतिनिधीको हैसियतमा आफ्नो वडाको विकास निर्माण लगायत विविध विषयलाई जनता सामु पुर्याउँनका लागि कनकाई खवरको सहयोग प्राप्त भएकोमा धेरै आभार प्रकट गर्न चाहन्छु । साथै यस कुराकानीमा मैले केही छु्टाएका विषय भए आगामी दिनमा पुनः राख्ने बाचा गर्दै विगतदेखि हाल सम्म हामी जनप्रतिनिधि भएर कार्य गर्ने क्रममा कुनै त्रुटि भए तपाईहरुको सल्लाह सुझावलाई सिरोधार्य गर्दै अघि बढ्ने प्रतिवद्धता प्रकट गर्दछु ।
    सवैको साथ सबैको विचार भन्ने मूल भावनाका साथ विकास निर्माणको कार्य गर्दै अघि बढ्ने छौं । यस कार्यमा सहयोग पुयाwमाउनुहुने आम उपभोक्ता समिती, जनप्रतिनिधीहरु, राजनैतिक दल, संघ संस्था बाल क्लव, युवा, महिला तथा जेष्ठ नागरिक, पत्रकार, सुरक्षाकर्मी, बौद्धिक व्यक्तित्व कर्मचारी लगायत वडा तथा नगरबासी आमा ,बुबा ,दाजु भाइ, दिदी बहिनी, स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण युवा साथीभाइ, शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरुमा आउँदै गरेको महान चाड दशैं, तिहार, छठ लगायत सबै चाडपर्वको मंगलमय शुभकामना व्यक्त गर्दछु । सुचनाको हक सवैमा समान हुने भएकाले आवश्यक्ता अनुसार आँफू सधैं तयार रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.